एसीसी
अन्डर १९ प्रिमियर लिग क्रिकेटमा आयोजक मलेसिया बिरुद्ध नेपालले प्रभावशाली जित हात
पारेको छ । क्वालालाम्पुरको वायुमास ओभल मैदानमा सम्पन्न खेलमा नेपालले ८ विकेटको जित
निकालेको हो । ७६ रनको झिनो लक्ष्य नेपालले १५ औ ओभरमा २ विकेट क्षतिमा
पार गरेको थियो । नेपालको जितमा ओपनर आशिष धामिले नट आउट ३८ तथा राजविर सिंहले ३३ रनको
योगदान गरे । टस जितेर पहिले व्याटिङ गरेको मलेसिया ३८ ओभरमा ७५ रनमा अलआउट भएको हो
। मलेसियालाइ सस्तैमा समेटन अरिफ सेखले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए ।
यस्तै दिपेश श्रेष्ठ र दिपेन्द्र सिंह ऐरिले २/२ विकेट लिए । किफायति बलिङ गरेका शुशिल
कडेलले १० ओभरमा मात्र ८ रन दिएर १ विकेट लिए । उनले लगातार ६ ओभर मेडन राख्दै किर्तिमान
बनाएका छन । मलेसियाका ३ जना खेलाडी डक आउट भएका थिए । जितसंगै नेपाल अंक तालिकामा
दोस्रो स्थानमा उक्लिएको छ । अफगानिस्तान लगातार ३ जित सहित शिर्ष स्थानमा छ । नेपालले
पहिलो खेलमा युएइलाइ हराएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसंग भएको थियो । प्रतियोगितामा
सहभागी ६ मध्ये माथिल्लो स्थानमा रहने ३ टोली एसिया कपका लागि छनौट हुनेछन ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...