
आसन्न
एसियाली क्रिकेट परिषद् (एसिसी) यू–१९ प्रिमियर क्रिकेट प्रतियोगितामा सहभागी हुने
नेपाली टोलीको बिदाइ गरिएको छ । प्रतियोगिता शुक्रबारबाट मलेसियाको क्वालालम्पुरमा
सुरु हँुदै छ । प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको मंगलबार बिदाइ गरिएको हो ।
खेलाडीलाई खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले बिदाइ गरेका थिए । नेपाली
टोली बुधबार मलेसियातर्फ प्रस्थान गर्नेछ । बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक
जगत टमाटाले नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘प्रतियोगिताका
लागि हामीले राम्रो तयारी गरेका छौँ, प्रतियोगितामा राम्रो प्रदर्शनको अपेक्षा गरेको
छु,’ उनले भने । प्रशिक्षक टमाटाले नेपाली टोलीको मुख्य हतियार बलिङ र फिल्डिङ भएको
बताए । ‘हामीसँग चार–चार अफ स्पिनर र मिडियम पेसर छन्,’ उनले भने, ‘हाम्रो टोलीको फिल्डिङ
पनि राम्रो छ, प्रतियोगितामा बलिङ र फिल्डिङ हाम्रो जितका आधार हन् ।’ नेपाली टोलीका
कप्तान राजु रिजालले पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले
प्रतियोगिताअघि खेलाडीले निकै मिहिनेत गरेकाले राम्रो नतिजाको अपेक्षा गर्न सकिने बताए
। ‘खेलाडीले प्रतियोगिताका लागि निकै मिहिनेत गरेका छन्,’ कप्तान रिजालले भने, ‘आफ्नो
क्षमताअनुसार प्रदर्शन गर्न सके प्रतियोगितामा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ ।’
खेलाडीलाई बिदाइ गर्दै खेलकुदसचिव शर्माले सफलताको शुभकामना दिए । राउन्ड रोबिन प्रणालीमा
हुने प्रतियोगितामा नेपालले आयोजक मलेसियासहित अफगानिस्तान, संयुक्त अरब इमिरेट्स
(युएई), साउदी अरेबिया र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले शुक्रबार युएईविरुद्धको
खेलसँगै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ ।
Wednesday, August 26, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...