एजेन्सी
- जेम्स
टेलसको डेमन वन डे शतकको मदतमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ९३ रनले पराजित गरेको छ । यससँगै पाँच एक
दिवसीय म्याचको सिरिजमा इंग्ल्याण्ड २-१ को अवस्था आइपुगेको छ । वल्र्ड ट्रार्फडमा
टस जितेर व्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनायो
। उसका लागि टेलरले १०१ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको पहिलो शतक हो । उनले तेस्रो
विकेटका लागि इयान मोर्गानसँग ११९ रनको साझेदारी गरे । मोर्गानले ६२ रनमा आउट भए ।
जेसन रोएले ६३ रन बनाए । अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । पेट कोमिन्स र म्याक्सवेलले
२/२ विकेट लिए । ३०१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४४ ओभरमा २०७ रन जोड्दा अलआउट
भयो । उसका लागि एरोन फिन्चले ५३ रन बनाए भने म्याथु वेडले ४२ रन जोडे पनि अन्य ब्याट्सम्यान
चल्न सकेनन् । इंग्ल्याण्डका लियम प्लङकट र माइन अलीले ३/३ विकेट लिए भने आदिल र स्टिभन
फिनले २/२ विकेट हात पारे ।
Wednesday, September 9, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...