एजेन्सी
– भारतविरुद्धको नागपुर टेष्टको पहिलो इनिङमा दक्षिण अफ्रिाका ७९ रनमा अलआउट भएको छ
। स्पिनरहरुका लागि सहयोगी पिचमा दक्षिण अफि्रकाका ब्याट्सम्यानहरु आर अश्विन र रविन्द्र
जडेजाका अगाडि टिक्न सकेनन् ।
अश्विनले ३२ रन दिएर ५ विकेट लिए भने जडेजाले ३३ रन लिएर
चार विकेट लिए तथा अमित मिश्राले एक विकेट लिए । दुई विकेट गुमाएर ११ रन बनाएको अवस्थाबाट
बिहीबारको खेल थालेको दक्षिण अफ्रिकाले ७९ रन बनाउँद सबै विकेट गुमाएको हो ।
दक्षिण
अफ्रिकाका लागि जेपी डुमिनीले ३५, सिमोन हर्मेरले १३ तथा फाफ डु प्लेसिसले १० रन बनाउनु
बाहेक अरु ब्याट्स म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतले आफ्नो पहिलो पारीमा
दुई सय १५ रन बनाएको थियो । पहिलो पारीमा भारतका मुरली विजयीले ४०, रविन्द्र
जडेजाले ३४, ऋद्धिमन शाहले ३२ तथा कप्तान विराट कोहलीले २२ रन बनाएका थिए । चार टेस्टको
श्रृँखलामा भारत १–० ले अघि छ ।
पहिलो टेस्टमा भारत एक सय ८ रनले विजयी भएको थियो ।
दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।
Thursday, November 26, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...