नेपाल
क्रिकेट संघ क्यानको साधारणसभा मंसिर २८ र २९ गते काठमाडौंमा हुने भएको छ । क्यानको
यौ चौथो साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ । अख्तियारले दायर गरेको भ्रष्टाचारको
मुद्दामा विशेष अदालतबाट सफाई पाएका अध्यक्ष टंक आङबुहाङसहितका पदाधिकारी सहभागी भएको
बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । यस्तै बैठकले १९ वर्षमुनिको विश्वकप क्रिकेटमा
छनौट हुन सफल खेलाडीहरुलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । आउँदो वर्ष
बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकप क्रिकेटको तयारीका लागि क्यानले जगत टमटालाई
२ महिनाका लागि मासिक २५ हजार रुपैयाँका दरले विशेष सुविधा दिँदै प्रशिक्षकको जिम्मेवारी
पनि दिएको छ । १९ वर्षमुनिको विश्वकपको छनौट प्रतियोगितामा सहभागी खेलाडी र प्रत्येक
क्षेत्रबाट उत्कृष्ट खेलाडी समावेश गरेर ३ टिमबिच आउँदो शुक्रबारदेखि काठमाडौंमा डबल
राउण्ड रोबिन लिग म्याच सञ्चालन गर्ने निर्णय पनि क्यानले गरेको छ ।
Tuesday, November 24, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...