
लयमा
रहेका भारतीय स्पिनर रविचन्द्रन आश्विनले दक्षिण अफ्रिकाविरुद्ध बिहीबार सुरु हुने
चौथो तथा अन्तिम टेस्टमा पाहुना टिमका लागि फेरि ठूलो चुनौती पेस गर्न सक्नेछन्। विश्व
वरीयतामा दोस्रो स्थानमा उक्लेका २९ वर्षीय आश्विनले नागपुरमा भएको तेस्रो टेस्टमा
९८ रन खर्चेर १२ विकेट लिएका थिए। त्यस प्रदर्शनको मद्दतले भारतले जित आत्मसात् गर्दै
सिरिजमा २–० को निर्णायक अग्रता लिएको थियो। यो वर्ष आश्विनले ५५ विकेट लिइसकेका छन्
र उनी स्पिनलाई मद्दत गर्ने पिचमा दक्षिण अफ्रिकी ब्याट्सम्यानका लागि खेल्न असम्भव
बलर सावित भएका छन्। ‘उनी विश्वस्तरीय स्पिनर हुन्, सम्भवत: अहिले तत्काल सबैभन्दा
उत्कृष्ट हुन्,’ भारतीय कप्तान विराट कोहलीले आश्विनलाई लिएर प्रतिक्रिया दिएका छन्,
‘श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा पनि उनी निर्णायक रहे। हामीले लगातार दुई सिरिज जितेको
कारण यही हो।’ भारतले नागपुर र मोहालीमा प्राप्त दुई जित तीन दिनमै प्राप्त गरेको थियो।
यस्तै वर्षाले बराबरीमा टुंगेको बेंग्लोर टेस्टमा पनि दक्षिण अफ्रिकालाई उसको पहिलो
इनिङ्समा सस्तोमा समेटेको थियो। प्रोटियसका लागि सबैभन्दा विश्वास गरिएका हसिम अमला
र एबी डे भिल्लियर्समध्ये एकआपसबाट अहिलेसम्म एक अर्धशतक मात्र बनेको छ। डिन एल्गर,
स्टायन भान जिल र फाफ डे फ्लेसिसले पहिलोपल्ट भारतको भ्रमण गरिरहेका छन् र उनीहरूले
केही सुधारिएका खेल प्रदर्शन गरेका छन्। कप्तान अमलाले भने आफ्ना ब्याट्सम्यान भारतीय
माहोलमा आफूलाई भिजाउन असफल रहेको स्विकार्दै आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो चुनौती
सामना गरेको मानेका छन्।
Thursday, December 3, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...