नेपाल
क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा
२२ खेलाडी छनोट गरेको छ । सुपर लिगमा गरेको प्रदर्शनका आधारमा प्रारम्भीक टीम बनाइएको
नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । प्रारम्भिक चरणमा यू–१९ कै खेलाडीको बाहुल्य
रहेको छ ।
टीममा राजु रिजाल, आरिफ शेख, राजवीर सिंह, दिपेन्द्र ऐरी, सौरभ खनाल, सुशील
कँडेल, प्रेम तामाङ, सुनिल धमला, सन्दिप कुँवर, दिपेश श्रेष्ठ, ललितनारायण राजवंशी
र शंकर राना छन् । यस्तै कुसल भुर्तेल, हिमान्सु दत्त, योगेन्द्र कार्की, सन्दिप लामिछाने,
इर्शाद अहमद, नन्दन यादव, इशान्त पाण्डे, अभिनाश बोहोरा, सागर भण्डारी र अभिनाष कर्ण
पनि प्रारम्भीक टीममा परेका छन् । आगामी जनवरी–फेब्रुअरीमा बङ्गलादेशमा हुने विश्वकपका
लागि टोली तयार पार्ने उद्देश्यले खेलाडीलाई रातो, नीलो र हरियो गरी तीन टोली बनाएर
लिग प्रतियोगिता सञ्चालन गरिएको थियो । यही मङ्सिर ११ गते सुरु भएको उक्त प्रतियोगिताको
उपाधि रातो टोलीले जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको अन्तिम
खेलमा रातोले हरियोलाई ३४ रनले पराजित गर्दै उपाधि पक्का गरेको हो । छनोट स्पर्धामा
योगेन्द्र कार्की सर्वाधिक रन बनाउने खेलाडी बने। ४ खेलमा उनले १ सय ५३ रन बनाए।सन्दीप
सुनारले १ सय ४१ रन, इशान पाण्डेले १ सय २४, आरिफले १ सय २१ र अविनाश कर्णले १ सय ५
रन जोडेका थिए। सन्दीप लामिछानेले सर्वाधिक १२ विकेट लिए। इर्साद अहमदले १०, आकाश विष्टले
९, नन्दन यादवर ललितनारायणले समान ८ विकेट लिएका थिए।
Thursday, December 3, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...