एजेन्सी
– वेष्ट इन्डिज भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइलनमा
प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै
वेष्ट इन्डिजले अन्तिम चारमा स्थान पक्का गरेको हो । नागपुरमा दक्षिण अफ्रिकाले प्रस्तुत
गरेको एक सय २३ रनको लक्ष्य वेष्ट इन्डिजले दुई बल बाँकी हुँदा सात विकेमको क्षतिमा
भेट्टायो । जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजको सुरुवात खराब रह्यो ।
उसका स्टार ब्याट्सम्यान
मात्रै दुई बलमा चार रन बनाएर आउट भए । गेलपछि मैदान आएका आन्द्रे फ्लेचर पनि ११ बलमा
११ रन बनाउँदा रन आउट भए । ओपनर जोनसन चाल्र्स र चौंथो नम्बरमा आएका मार्लन स्यामुअल्सले
सुधारीको पारी खेले । चार्ल्सले ३५ बलमा ३२ तथा स्यामुअल्सले ४४ बलमा ४३ रन बनाए ।
दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण
अफ्रिकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय २२ रन बनायो । उसका लागि क्विन्टन
डी ककले ४७, डेविड विइसीले २८ तथा क्रिस मोरिसले नटआउट १६ रन बनाएपनि हार टार्न सकेनन्
। वेष्ट इन्डिजको आन्द्रे रुसेल, क्रिस गेल र डवेन ब्राभोले समान दुई दुई विकेट लिए
। हारसँगै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरीएको छ । वेष्ट इन्डिजलाई समान्य लक्ष्य
पूरा गर्न भने किनै संघर्ष गर्नु पर्यो ।
हेर्नुहोस् पुरा हाईलाईट भिडियो:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...