काठमाडाैं,
- मनोज कटवाल पुर्वराष्ट्रिय खेलाडी हुन् । नेपाली राष्ट्रिय टिमका पुर्वविकेटकिपर
। लर्ड बुद्ध एकाडमी, झापाका संचालक एवम् झापा क्रिकेट संघका सदस्य । यसरी नजिकबाट
क्रिकेटसंग सम्बन्धित व्यक्तिले नै भावना घिमिरेलाई राजनितिज्ञ भनेर आरोप लगाएका छन्
। सामाजिक संजाल फेसबुकमा रइस थापाको जवाफमा उनले यस्तो बताएका हुन् । जसबाट यो प्रष्ट
हुन्छ कि उनि अवैधानिक रुपले निर्वाचित क्यानको पक्षमा छन् । तर पुर्वमा क्रिकेट मासियो,क्षेत्र
नं १ मा क्रिकेट मासिन लाग्यो भन्ने व्यक्ति उनै हुन् । यसरी विगतमा आक्रोश पोखेकै
क्यानसँग उनि कसरी नजिक हुन पुगे भन्ने चर्चा यतिबेला क्रिकेट जानकारहरुबीच चलिरहेको
कुरा स्रोत दाबी गर्छ । एकपछि अर्को गर्दै लोकप्रिय भावना घिमिरेमाथि असहयोग गर्ने
षड्यन्त्र भइरहेको चर्चा पनि सुरु हुन थालेको छ । यसअघि पुर्व क्रिकेटर अनिल अधिकारीले
पनि फेसबुकमा स्टाटस लेख्दै भावना घिमिरेको राजिनामा मागेका थिए । यतिबेला
सिइयो भावना घिमिरे अवैधानिक क्यानलाई लत्याउदै जननिर्वाचित सरकार र राखेपको निर्देशनमा
अघि बढिरहेकी छिन् । नेपाल-नामिबियाको खेल नेपालमै गराउन नेतृत्व लिदै नेपाली क्रिकेटलाई
शुन्यतामा रहनबाट बचाएको र अघिल्तिरका कामहरु पनि उल्लेखनिय रहेको क्रिकेट समर्थकहरुको
बोली छ । खबर देशकोन्युज
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...