काठमाडौं
- ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा न्युजिल्याण्ड
विजयी भएको छ ।
धर्मशालामा भएको खेलमा न्युजिल्याण्डले सन् २०१० को उपविजेता अष्ट्रेलियालाई
८ रनले हरायो ।
जितका लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ९
विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि ओपनर उसमान खाउजाले
३८ तथा मिचेल मार्सले २४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको
न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
न्युजिल्याण्डका
मार्टिन गुप्टिलले ३९, ग्राण्ट इलियटले २७, केन विलियम्सनले २४ र कुलिन मुन्रोले २३
रन बनाए ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र जेम्स फ्लक्लनरले समान विकेट लिएका थिए
।
आफ्नो
पहिलो खेलमा भारतलाई हराएको न्युजिल्याण्डको यो लगातार दोश्रो जित हो
।
पराजित अष्ट्रेलियाले भने पहिलो खेल नै न्युजिल्याण्डसँग खेलेको हो ।
अष्ट्रेलियाले
अब सोमबार बंगलादेशसँग खेल्ने छ ।
न्युजिल्याण्डले भने मंगलबार पाकिस्तानसँग खेल्ने
छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...