भारतीय भूमिमा खेल्दा आनन्द लाग्छः कप्तान अफ्रिदी
एजेन्सी
- पाकिस्तानी क्रिकेट टोलीका कप्तान शाहिद अफ्रिदीले जारी टी-ट्वान्टी विश्वकपमा भारतमा उचित सुरक्षा
प्रवन्ध भएको बताएका छन् । उनले आफुलाई समर्थन गर्ने भारतीय समर्थकप्रति
कृतज्ञतासमेत व्यक्त गरेका छन् र कप्तान अफ्रिदीको भनाइमा सहकर्मी शोएव मल्लिकले सहमति
जनाएका छन् । उनले भनेका छन्, ‘भारतको सुरक्षा निक्कै राम्रो छ ।’ विश्वकपका लागि शनिबार
कोलकता आएलगत्तै खेलाडीहरुको यो अभिव्यक्ति आएको छ । पाकिस्तानले मार्च १९ मा भारतसँग
प्रतिस्पर्धा गर्दैछ । पूर्वनिर्धारित तालिका अनुसार भारत र पाकिस्तानबीचको खेल धर्मशालामा
खेलिनुपर्ने थियो । तर, सुरक्षाको कारण देखाउँदै खेल कोलकतामा सारिएको थियो । पाकिस्तानी
क्रिकेट बोर्डका तीन सदस्यले धर्मशालाको निरिक्षण गरेपछि सुरक्षा संबेदनशील भएको औपचारिक
जानकारी दिएका थिए ।
‘म
अन्य मुलुकका मैदानमा खेल्दा त्यति आनन्द लाग्दैन, जति भारतीय भूमिमा खेल्दा लाग्छ’
अफ्रिदीले भनेका छन्, ‘म करिअरको अन्तिम चरणमा छु र म भन्न चाहन्छु भारतबाट प्राप्त
समर्थन र माया म जीवनभर सम्झिरहनेछु ।’ उनले अघि भनेका छन्, ”यहाँ पाकिस्तानमा
भन्दा बढि क्रिकेटका प्रशंसक छन् । समग्रमा मेरो करिअरमा मैले थुप्रै रमाइला अनुभवहरु
भारतीय भूमीमा लिएको छु ।’ भारतीय टेनिस स्टार सानिया मिर्जाका पति तथा पाकिस्तानी
अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शोएव मल्लिकले पनि अफ्रिदीको भनाइमा सहमति जनाउँदै
आफ्नो यसअघिको भारत भ्रमणमा कहिल्यै पनि असुरक्षा मसशुस नगरेको बताएका छन् । ‘पहिले
त म भारत सरकारलाई धन्यबाद दिन चाहन्छु की यहाँको सुरक्षा व्यवस्था एकदमै राम्रो छ’
मलिकले भनेका छन्, ‘मेरी पत्नी भारतीय हुन्, म धेरैपटक भारत आएको छु । तर मैले भारतमा
कहिल्यै असुरक्षा महशुस गरेको छैन ।’ ‘म भारतीय र पाकिस्तानी नागरिकमा भिन्दता देख्दिन,
हामी उस्तै खानेकुरा खान्छौं, उस्तै भाषा बोल्छौं ।’ मलिकले थपे, ‘भारतसँग म निक्कै
खुसी यसमानेमा छु कि मैले यहाँ भारतीय जनता र मिडियाबाट निक्कै माया पाएको छु ।’ ‘पाकिस्तान
यस्तो अवस्थामा विश्वकपमा सहभागिना जनाएको छ की हामीलाई “अण्डर डग” मानिएको छ, यस्तो
अवस्थामा हामीले फाइदा लिन सक्छौं’ उनले भने, ‘समर्थकको निराशाकै समयमा ‘हामीले सन्
१९९२ को एकदिवसीय विश्वकप र २००९ को टि-ट्वान्टी विश्वकप जितेका थियौं, त्यस्तै अवस्था
यसपटक पनि दोहोर्याउने अभियानमा छौं ।’ पाकिस्तान अहिले आइसीसीको टी-ट्वान्टी बरियातामा
सातौं नम्बरमा छ । पछिल्ला सिरिजहरुमा पाकिस्तानको प्रदर्शन कमजोर छ, उसले इंग्ल्याण्ड
र न्यूजिल्याण्डबिरुद्धको सिरिज गुमाएको थियो भने एशिया कपमा भारत र बंगलादेशबिरुद्धको
महत्वपूर्ण खेल गुमाएको थियो । यसबाहेक पाकिस्तानी टोलीमा पनि केहि बदलाव आएको छ ।
नियमित खेलाडीहरु बाबर अजम, रुमान रइज, इन्ज्यूरीका कारण टोलीमा परेका छैनन् । त्यस्तै
खुर्रम मन्जुर र अहमद शहजाद लगायत फर्मबाहिर छन् । ‘हामीले एशियाकपमा सोचेअनुरुप प्रदर्शन
गर्न सकेनौं’, मलिकले भने, ‘यो जीवनको चरण हो, हामी व्यवसायिक छौं । जे जस्तो भएपनि
हामीले आफ्नो उत्कृष्ट दिने प्रयास गरेका छौं । यो नयाँ प्रतियोगिता हो र यसमा पनि
हामी हाम्रो उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्नेछौं ।’
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...