एजेन्सी
– पाकिस्तानी क्रिकेटर अहमद सेहजाद धेरै नै सेल्फी लिने खेलाडी हुन् । ट्वेन्टी–ट्वेन्टी
विश्वकप क्रिकेट खेल्न भारत पुगेका सेहजादले आफूले सेल्फी लिनुका कारण खुलाएका छन्
। इएसपिएन क्रिकइन्फोसँगको कुराकानीमा उनले भने मैंले मेरा प्रशंसकका लागि सेल्फी लिने
गरेको हुँ । आफ्नो फेसबुक पेज र ट्वीटरमा सेल्फी अपलोड गर्नुका कारण खुलाउँदै उनले
भने ‘मेरा प्रशंसकले यो मन पराउनु हुन्छ, त्यसैले म उहाँहरुलाई खुसी पार्न सेल्फी लिन्छु
।’ हारमा आलोचना गरेपनि २४ वर्षे सेहजादले आफूले प्रशंसककै लागि क्रिकेट खेल्ने गरेको
पनि उनले स्पष्ट पारे ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...