काठमाडौं
– लामो समयको अन्यौलतापछि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियासँगको
खेल नेपालमै हुने पक्कापक्की जस्तै भएको छ । नेपाल क्रिकेट संघ क्यानमा भएका २ वटा
समानान्तर समिति, खेल हुने त्रिभुवन विश्वविद्यालयको भौतिक संरचना र सुरक्षाको ग्यारेन्टीका
कारण विश्व अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी र एसियाली क्रिकेट काउन्सिल एसिसीले
नेपालमा प्रतियोगिता गर्न आनाकानी गरेका थिए । तर नेपाली क्रिकेटको विकासको लागि र
यहाँका क्रिकेट पारखीलाई मध्यनजर गर्दै खेल नेपालमा गर्न आइसिसी र एसिसी सहमत भैसकेका
छन् । वैशाख ४ र ६ गते नामिवियाविरुद्ध हुने खेलको तयारी र सुरक्षाका लागि आइसिसीका
एसियन
आइसिसीका
एसियन डेभलपमेन्ट म्यानेजर
वन्दुला वार्नापुरासँग गरिएको कुराकानी :
·
दिनँहुजसो
मैदानमा आएर अवलोकन
गरिरहनुभएको छ ? मैदान
र सुरक्षा अवस्था
कस्तो पाउनुभयो ?
यो
खेलको लागि जे सुविधा र सर्त हुनुपर्ने हो त्यो वातावरण मिलाउन हामीले निकै कडा मेहनत
गरिरहेका छौं । सात दिनयता हामीले निकै मेहनत गरेर काम अगाडी बढाइरहेका छौं । अझै हामीसँग
केहि दिन बाँकी रहेकाले त्यो टार्गेट पुरा होला भन्नेमा आशावादी छौं । मैदान लगभग राम्रै
छ, दिनरात मेहनत गरेर हामीले पीचको काम गरिरहेका छौं र यो पनि चाँडै पूरा हुन्छ । पेभिलियन
र विल्डिङको काम पनि भैरहेको छ । ठेकेदारले मलाई भने अनुसार उनीहरुले हामीलाई यो महिनाभित्र
काम सकिसक्छौं भन्ने जानकारी दिएका छन् । आशा छ, पुरा गर्नेछन् । यो सबै अवस्था हेर्दा
प्रतियोगिता नेपालमै हुने पक्का जस्तै छ । मार्च २८ या २९ तारिखमा आउने आइसिसीको टोलीले
यसलाई अन्तिम रुप दिनेछ ।
·
सबैकुरा
ठिक छ भन्नुभयो
अनि अझै नेपालमै
खेल खेलाउने अन्तिम
निर्णय लिन किन
अन्तिम टोली नै
कुर्नुपर्यो त
?
होइन
अन्य कुरा त तयार नै छन् तर मुख्य कुरा भनेको त सुरक्षाको नै हो । मैदान वरिपरी बार
त लगाइएको छ तर त्यो दिनको लागि नेपाल सरकारले कस्तो सुरक्षा योजना बनाएको छ हामीलाई
थाहा हुनुपर्यो । यहाँका दर्शकले मैदानमा के लैजान्छन र कस्तो ब्यवहार देखाउँछन भन्नेमा
पनि भर पर्छ । त्यसैले सुरक्षाको विषय र खेलको अन्तिम निर्णय गर्न आइसिसीको अर्को टोली
नै कुनुपर्छ । साथै हामीले उक्त टोली आउञ्जेल क्यानको विवाद पनि टुंग्याउन भनेका छौं
।
·
क्यानको
विवाद र सुरक्षाको
यत्रो चिन्ता हुँदाहुँदै
पनि तपाँइहरु किन
नेपालमा नै खेल
होस भनेर बल
गरिरहनुभएको नि ?
पछिल्लो
समय क्रिकेटको विकास गर्नेमा नेपाल अग्रस्थानमा आउँछ । अझै एसिया क्षेत्रमा नेपालले
धेरै राम्रो गरेको छ । लगानी र पुर्वाधारको अभावका बिच पनि नेपालले ट्वेन्टी ट्वेन्टी
विश्वकप खेलिसकेको छ र एकदिवसीयमा पनि राम्रो प्रगति गरेको छ । त्यसैले पनि आइसिसीले
नेपाली क्रिकेटलाई अघि बढाउन चाहेको हो । नेपाल त क्रिकेटको हव नै हो, त्यसैले
हामीले अन्तिम अवसरको रुपमा नेपाललाई यो प्रतियोगिता आयोजना गर्न दिएका हौं । हामी
सबैलाई आशा छ, नेपालले प्रशासनिक झन्झट चाँडै टुंग्यायो भने आइसिसीले नेपाललाई अझै
धेरै अवसर दिन सक्छ ।
·
तपाईहरुको
सुरक्षाको मुख्य चासो केमा
हो त ? नेपाल
त शान्ति नै
छ त ।
हो
म मान्छु नेपाल एकदमै सुन्दर र शान्त देश हो । अन्य देशमा जस्तो सुरक्षा चुनौती नेपालमा
छैन भन्ने हामी पनि जान्दछौं । तर क्रिकेटमा सानो कुराले पनि ठूलो विवाद ल्याउन सक्छ
। दर्शकले सानो कागज नै फ्याक्दे भनेपनि ठूलो इस्यु हुन्छ । त्यसैले यसलाई हामीले गम्भीर
रुपमा लिएका हौं । तपाईंलाई थाहा नै छ, ३–४ वर्षअघि अमेरिकासँगको खेलमा भएको कुराले
कत्रो रुप लियो । त्यसैले हामी यो कुरामा सिरियस छौं । अर्जुन पोख्रेल/उज्यालो
देखी खबर लिएको हो । हेर्नुहोस् उज्यालो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...