एजेन्सी
– बंगलादेशका पेश बलर तश्कीन अहमेदले निलम्बनविरुद्ध गरेको अपील अन्तराष्ट्रिय क्रिकेट
काउन्सिलले अस्वीकार गरेको छ । अब उनले टी-२० विश्वकपका बाँकी खेल गुमाउनेछन् । इलिगल
बलिङ एक्सनका कारण आईसीसीले तश्कीन र अराफात सन्नीलाई निलम्बन गरेको थियो । त्यसविरुद्ध
बंगलादेशमा प्रदर्शन भएको थियो । साथै बंगलादेश क्रिकेट बोर्डले अपील गरेको थियो ।
आईसीसीले निलम्बनको निर्णय कायमै राख्ने निर्णय सुनाएको छ । तश्कीनले १३ टी-२० मा ९
विकेट लिएका छन् । १४ एकदिवसीयमा २१ विकेट लिएका छन् । बंगलादेश समूह दुईमा छ र उसले
दुबै खेल गुमाएको छ ।
Wednesday, March 23, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...