काठमाडौं
- भारतको चर्चित क्रिकेट लिग आईपीएलमा ट्रायल लिएपछि चर्चामा आएका दिलबहादुर बोहोराले
नेपालको राष्ट्रिय टोलीमा ट्रायल दिएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनपसिपका लागि
नेपालको टोली बन्द प्रशिक्षणका क्रममा छ । त्यही क्रममा बोहोरालाई पनि बोलाइएको हो
। उनले दुई खेल खेलेका छन् । दुबै खेलमा ५-५ रन मात्र जोडेका छन् । नेपाल क्रिकेट संघ
क्यान स्रोतका अनुसार बोहोरा नेपाली टोलीमा ट्रायल दिएर भारत फर्किसकेका छन् । ‘मिडियामा
धेरै चर्चा भएपछि ट्रायलका लागि बोलाइएको थियो’ एक अधिकारीले भने-‘दुई वटा खेल खेले
। उनी अहिले नै नेपालको टोलीमा परिहाल्ने सम्भावना छैन ।’ दुई खेल मात्र खेलेकाले उनका
बारेमा अहिले मूल्यांकन गर्न गाह्रो छ । तर, यो खेलमा एक्स्ट्रा केही देखिएन । उनी
टी-२०का लागि तयारीमा रहेको र काठमाडौं आएकै भोलिपल्ट खेलेकाले पनि गाह्रो भएको हुनसक्छ
एक अधिकारीले भने ।
Wednesday, March 23, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...