एजेन्सी
– आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको पहिलो खेलमा लज्जास्पद हारपछि भारतीय
क्रिकेट टिम मजाकको पात्र बनेको छ । मंगलबार बेलुका नागपुरमा भएको सुपर टेनको खेलमा
घरेलु टिम भारत न्युजिल्याण्डसँग ४७ रनले पराजित भयो । यो हारले भारतीय टिमका
समर्थकलाई निराश बनाएको छ । तर पाकिस्तानीलाई भने भारतको हारले खुसी बनाएको छ ।
सामाजिक
सञ्जाल ट्वीटरमा पाकिस्तानीले भारतमाथिको शानदार जितका लागि न्युजिल्याण्डको टिमलाई
बधाई दिएका छन् ।
अफरोज
नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन् ‘न्युजिल्याण्डका खेलाडीको आँखा यो जानेर रसायो
होला कि उनीहरुलाई न्युजिल्याण्डका बासिन्दाले भन्दा बढी प्रेम पाकिस्तानबाट मिलेको
छ ।’
उस्मान
मारोफले लेखेका छन् ‘विश्वको स्वघोषित सर्वश्रेष्ठ भारतीय टिम आफ्ना शर्मनाक हारको
बहाना बनाइ रहेको छ । कति शर्मको कुरा ।’
सुल्तान
महमुद नामका प्रयोगकर्ताले लेखेका छन् ‘दुई मिनेटमो मौनता ती दर्शकका लागि जो नागपुरमा
ब्ल्याकमा टिकट किनेर खेल हेर्न गएका थिए ।’
धेरैले
हारपछि भारतीय टिम पेविलियन फर्किएको भिडियो पनि पोस्ट गरेका छन् । भारतमा पनि यो विषयले
चर्चा पाएको छ ।
पंकज
रायले ट्वीट गरेका छन् ‘जसले अरुका लागि खाल्डो खन्छ उ त्यही खाल्डोमा पर्छ । भारतले
आफ्ना स्पिनरलाई सहायक बन्ने पिच बनायो तर त्यसैमा अल्झियो ।’
हीरा
नामका प्रयोकर्ताले ट्वीट गरेका छन् ‘कागजको सिंह, नागपुरमा ढल्यो । विश्वको उत्कृष्ट
ब्याटिङ लाइन अफ, हाहाहाहाहा ।’
केही
ट्वीटर प्रयोगकर्ताले भारतीय टिमको समर्थन पनि गरेका छन् ।
लेजह्युमन
ह्याण्डलबाट लेखिएको छ ‘भारतीय टिमका बारेमा आएका नकारात्मक प्रतिक्रिया पढ्दा पढ्दा
म आजित भइसकेँ । भारतीय महिलाले टिम विश्वकप ट्वेन्टी–ट्वेन्टीमा बंगलादेशलाई हराएको
थियो । कम्तिमा यो त राहतको कुरा हो ।’
अर्का
प्रयोगकर्ता दिक्शान फ्रिएकले लेखेका छन् ‘भारतको हारमा पाकिस्तानीलाई किन रमाइलो लाग्छ
मैले बुझेको छैन । कम्तिमा हामी उनीहरुले जस्तो टिमको हारपछि टेलिभिजन वा रेडियो सेट
त डोड्दै नौैं ।’
Wednesday, March 16, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...