एजेन्सी
– पाकिस्तान भारतमा चलिरहेको ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको
छ । मोहालीमा भएको खेलमा अष्ट्रेलियासँग २१ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल
पुग्ने सबै संभावना सकियो । समूह चरणमा चार खेल खेलेको पाकिस्तानले बंगलादेशलाई मात्र
हराउन सक्यो । अष्ट्रेलियासँगको खेलमा जितका लागि १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले
२० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनायो ।
पाकिस्तानका खालिद लतिफले ४६, सोयब
मल्लिकले नट आउट ४० रन बना । यस्तै उमर अकमलले ३२ तथा सर्जिल खानले ३० रन बनाए । यसअघि
टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १
सय ९३ रन बनायो । अष्ट्रेलियाका कप्तान स्टेभेन स्मिथले नटआउट ६१ र शेन वाटसनले नटआउट
४१ रन बनाए । स्मिथले ४३ बलमा ७ चौका प्रहार गरे भने वाटसनले २१ बलमा ४ चौका र ३ छक्का
हाने । पाकिस्तानका वाहव रियाज र इमाद वासिमले समान दुई विकेट लिए । पाकिस्तानमाथिको
जितपछि अष्ट्रेलियाको सेमिफाइलन पुग्ने संभावना कायम छ । अष्ट्रेलियाले अब आइतबार भारतसित
खेल्ने छ । भारत र अष्ट्रेलियाबिच हुने खेलको विजेता सेमिफाइनलमा पुग्ने भएकाले
आइतबारको खेल क्वाटरफाइनल बराबर हुने छ ।
हेर्नुहोस् पुरा हाईलाईट भिडियो:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...