एजेन्सी
– भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गतको खेलमा इंग्ल्याण्ड
विजयी भएको छ । शुक्रबार राति मुम्बइको वानखडे रंगशालमा भएको खेलमा इंग्ल्याण्डले दक्षिण
अफ्रिकालाई दुई विकेटले हरायो । सुपर टेनको समूह ‘एक’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले
प्रस्तुत गरेको दुई ३० रनको लक्ष्य इंग्ल्याण्डले दुई बल बाँकी हुँदा ८ किवेट गुमाएर
भेट्टायो । इंग्ल्याण्डका जोए रुटले ४४ बलमा ८३ तथा ज्यासन रोयले १६ बलमा ४३ रन बनाए
। दक्षिण अफ्रिकाका कायल एबोटले तीन तथा कागिसो राबाडाले दुई विकेट लिए । यसअघि पहिले
ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभरमा चार विकेट गुमाएर दुई सय २९ रन बनाएको
थियो । उसका लागि हाशिम अमलाले ३१ बलमा ५८, जेपी डुमिनिले २८ बलमा नटआउट ५४ तथा क्विन्टन
डी ककले २४ बलमा ५२ रन बनाए । इंग्ल्याण्डका मोइन अलीले दुई विकेट लिए । इंग्ल्याण्ड
विश्वकपको पहिलो खेलमा वेष्ट इन्डिजसँग पराजित भएको थियो । अब अफगानिस्तानसँग
दिल्लीमा आउँदो बिहीबार खेल्नेछ ।
कीर्तिमानी लक्ष्य(इतिहास)
दक्षिण
अफ्रिकाले इंग्ल्याण्ड सामु प्रस्तुत गरेको दुई सय ३० रनको लक्ष्य ट्वेन्टी–ट्वेन्टी
अन्तर्राष्ट्रिय क्रिकेटमै अहिलेसम्मकै सर्वाधिक दोस्रो ठूलो लक्ष्य हो जसलाई पछ्याएको
टिमले जित हाँसिल गरेको छ । वेष्ट इन्डिजले गएको वर्षको जनवरीमा जोहनसबर्गमा दक्षिण
अफ्रिकाले प्रस्तुत गरेको दुई सय ३१ रनको लक्ष्य पछ्याउँदै दुई सय ३६ रन बनाएको थियो
।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...