एजेन्सी
– भारत र पाकिस्तानबिचको सम्बन्ध सँधै तनावको छ । सीमा क्षेत्रमा हुने तनावले दुई देशबिचको
राजनीतिक र कुटनीतिक सम्बन्धमा असर पारेको छ ।
विभिन्न माध्यमबाट दुईदेशले एक अर्कामाथि
आफ्नो रवाफ रहेको देखाउने प्रयास गर्छन् ।
यस्तै मध्ये महत्वपूर्ण हो क्रिकेट । क्रिकेटका
जुन कुनै प्रतियोगितमा पनि भारत र पाकिस्तान आमने सामने हुने खेल दुवै देशका लागि निकै
शान र प्रतिष्ठाको विषय बन्छ ।
अहिले भारतमा आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट
भइरहेको छ । प्रतियोगितमा सहभागी हुन छिमेकी मुलुक पाकिस्तानको टोली सुरक्षाको कारण
देखाउँदै सबै भन्दा ढिलो गरी भारत आयो ।
सुपर टेनको समूह ‘दुई’ मा रहेका भारत र पाकिस्तान
शनिबार आमने सामने हुँदैछन् । खेलको पूर्व सन्ध्यामा शुक्रबार बेलुका पाकिस्तान र भारत
दुबै टोलीका खेलाडी अन्तिम अभ्यासका लागि कोलकाताको इडेन गार्डेनमा गएका थिए । पहिले
भारतीय टोलीले अभ्यास गर्यो । त्यसपछि पाकिस्तानी टोलीलेले । भारत टोलीले अभ्यास गरिरहेका
बेला मैदान पुगेका पाकिस्तानी खेलाडी शाहिद अफरिदीले सबै भन्दा पहिले विराट कोहलीसँग
हात मिलाएका थिए । झण्डै पाँच मिनेटसम्म दुई खेलाडीबिच कुराकानी पनि भएको थियो । विराटले
आफ्नो अभ्यास सकिएपछि मैदानबाट जानु पूर्व आफ्नो साथमा रहेको दुई वटा मध्ये एउटा
ब्याट पाकिस्तानका तीब्र गतिका बलर मोहम्मद आमिरलाई उपहार दिएका थिए । त्यसपछि विराट
भारतीय टोलीसँग बसेका थिए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...