चोटग्रस्त
हुँदा हुँदै पनि ट्वेन्टी–ट्वेन्टी विश्वकपको टिममा परेका उनी ५ दिनअघि भारत आएपछि उनले केहि खेल खेल्ने अनुमान
गरिएको थियो । तर बिहीबार अफगानिस्तानसँगको खेल पनि उनले खेल्न सकेनन् ।
उनले
यो खेलका लागि वार्मअप समेत गरेका थिए । तर बलिङको अभ्यास गर्ने क्रमममा नै उनको दुखाई
बढेपछि उनी मैदान उत्रिएनन् । मालिङा मैदान नउत्रिए पनि श्रीलंकाले यो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको छ । मालिङ तीन महिनाअघि
देखि घुँडाको चोटबाट पीडित थिए । जसका कारण उनले न्युजिल्याण्डसँगको २ म्याचको श्रृखला
गुमाएका थिए । एसिया कप क्रिकेटमा कप्तानको भूमिकाका साथ बंगलादेशमा गएका भए पनि उनले
युएईविरुद्धको एक मात्र खेल खेलेका थिए । ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा २ सय ९९
विकेट लिइसकेका मालिङाले २० ओभरको विश्वकपका अहिलेसम्म ३१ खेलमा ३८ विकेट लिएका छन्
। चोटका कारण बाहिरिएका मालिङाको ठाउँमा कसलाई खेलाउने भन्ने श्रीलंकाको क्रिकेट बोर्डले
निर्णय गरिसकेको छैन ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...