काठमाडौं
- भारतमा चलिरहेको टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि
महत्वपूर्ण जित हात पारेको छ ।
मुम्बईमा आइतबार भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले
अफगानिस्तानलाई ३७ रनले हरायो । जितका लागि २ सय १० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले
निर्धारित २० ओभरमा सवै १० विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।अफगानिस्तानका
लागि मोहमद सहजादले ४४ तथा गुल्बदिन नैबले २६ रन बनाए ।
समिउल्लाह सेन्वारी र
नुर अली जर्दानले समान २५ रन बनाए । यसअघि टस रोजेर पहिला व्याटिङ गरेको
दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । दक्षिण
अफ्रिकाका लागि ए बी डी भिलियर्सले ६४ रनको योगदान दिए । यस्तै क्वान्टेन डी ककले ४५
रन बनाए भने फाप डु प्लेसीले २७ बलमा ४१ रन जोडे ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...