काठमाडौं – एन्ड्री फ्लेचरले उत्कृष्ट ब्याटिङ गरेपछि
वेस्ट–इन्डिजले डिफेन्डिङ च्याम्पियन श्रीलंकालाई विश्व ट्वान्टी–२० क्रिकेटमा आइतबार
७ विकेटले हराएको छ ।
वेस्ट–इन्डिजले १० बल बाँकी हुादा ३ विकेट गुमाएर १ सय २३ रनको
विजयी लक्ष्य पूरा गर्यो । श्रीलंकाले प्रस्तुत गरेको एक सय २३ रनको लक्ष्य वेष्ट
इन्डिजले १८ दशमलव २ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । वेष्ट इन्डिजका एन्ड्री
फ्लेचरले ६४ बलमा पाँच छक्का र ६ चौकाको मद्दतमा नटआउट ८४ रन बनाए ।
यस्तै आन्द्रे
रुसेलले ८ बलमा तीन चौका र एक छक्काको मद्दतमा नटआउट २० तथा जोनसन चार्लसले १० रन बनाए
। क्रिस गेल, डवेन ब्राभोले ब्याटिङ नै गर्नु परेन । श्रीलंकाका मिलिन्डा सिरिवर्धनाले
दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको
क्षतिमा एक सय २२ रन बनायो । श्रीलंकाका लागि अलराउन्डर थिसारा परेराले ४०, कप्तान
एन्जेलो म्याथ्युजले २० तथा दिनेश चण्डिमलले १६ रन बनाए । वेष्ट इन्डिजका सामुएल
बाडरीले तीन तथा डवेन ब्राभोले दुई विकेट लिए । सुपर टेनको समूह ‘एक’ मा रहेको वेष्ट
इन्डिजले अहिलेसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अंक सहित तालिकाको शीर्ष स्थानमा
छ । एक एक खेल जितका दक्षिण अफ्रिका, श्रीलंका र इंग्ल्याण्डको समान दुई अंक छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...