काठमाडौं
- आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत सुपर टेनको अन्तिम खेलमा दक्षिण अफ्रिकाले
श्रीलंकालाई ८ विकेटले हराएको छ । सोमबार राति दिल्लीमा भएको खेलमा श्रीलंकाले प्रस्तुत
गरेको एक सय २१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ दशमलव ४ ओभरमा मात्रै दुई विकेटको
क्षतिमा भेट्टायो ।
दक्षिण अफ्रिकाका हाशिम अमलाले ५२ बलमा नटआउट ५६, फाप डु प्लेसिसले
३१ तथा एबी डी भिल्लियर्सले नटआउट २० रन बनाए । श्रीलंकाका सुरंगा लकमलले एक विकेट
लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले तीन बल बाँकी हुँदा पूरै विकेट गुमाएर
एक सय २० रन बनायो ।
उसका लागि तिलकरत्ने दिलशानले ३६, दासुन शानाकाले २० तथा मिलिन्डा
सिरिवर्धनाले १५ रन बनाए । दक्षिण अफ्रिकाका कायल एबोट, आरोन फान्गिसो र फहान बेहर्दिनले
समान दुई दुई विकेट लिए ।
दुवै टोली प्रतियोगिताबाट बाहिरी सकेकाले यो खेल प्रतिष्ठाका
लागि मात्रै थियो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...