एजेन्सी
– वेष्ट इन्डिजका क्रिकेटर तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटका सुपरस्टार क्रिस गेल बलिउड
अभिनेता अमिताभ बच्चनलाई भेट्न मुम्बइमा रहेको उनको घर गएका छन् । भेटपछि दुवैले एक
अर्काको तारिफ गरेका छन् । अमिताभ र गेलले भेटको तस्बिर फेसबुक, ट्वीटर र इन्स्टाग्राममा
पोस्ट गरेका छन् ।
FB 1289 - Chris Gayle pays a visit home ... did not know he was a fan .. I was my best behaved and politest .. hoping he would pay back the compliment when we play them on Thursday .. hehe ..
Posted by Amitabh Bachchan on Monday, 28 March 2016
अमिताभले
आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘क्रिस गेल मलाई भेट्न घर आए । मलाई थाहा नै थिएन की
उनी मेरा फ्यान हुन् । उनी निकै नम्र रुपमा प्रस्तुत भए ।
बिहीबार भारतसँग हुने ट्वेन्टी–ट्वेन्टी
विश्वकपको सेमिफाइनलमा पनि हाम्रो टिमसँग विनम्रताका साथ प्रस्तुत हुनेछन् भन्ने आशा
छ ।’ गेलले
पनि ट्वीटरमा लेखेका छन् ‘अमिताभ बच्चन निकै गजबका मानिस छन् । महान व्यक्ति । मलाई
घरमा बोएर मेजमानी गरेकोमा धेरै धेरै धन्यवाद ।’ गेलले इन्स्टाग्राममा भेटको तस्बिर
पोस्ट गरेका छन् । भारत र वेष्ट इन्डिजबिच आउँदो बिहीबार मुम्बईको वानखडे मैदानमा विश्वकपको
सेमिफाइनल हुँदैछ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...