एजेन्सी
– आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा भारत
विजयी भएपछि सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्माको विषयमा नकारात्मक टिप्पणी
गर्ने तथा उनको मजाक उडाउनेप्रति विराट कोहलीले निन्दा गरेर ट्वीटमा जवाफ दिएका छन् ।
विराटको अनआउट ८२ रनको मद्दतमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएर सेमिफाइनलमा
स्थान बनाएको थियो । विराटले आफ्नो इन्स्टाग्राम र ट्वीटरमा एक तस्बिर पोष्ट गरेका
छन्, शेम (लाज) लेखिएको छ ।
विराटले आफ्नी मित्र अनुष्कालाई लिएर सामाजिक सञ्जालमा
विभिन्न किसिमका कुरा गर्नेलाई यो सन्देश दिएका हुन् । भारतीय टिमका उत्कृष्ट ब्याट्सम्यान
विराटले इन्स्टाग्राममा लेखेका छन् ‘यस्ता मानिसप्रति मलाई लाज लाग्छ, जसले लामो
समयदेखि अनुष्काको पिछा गरेका छन् र हरेक नकारात्मक कुरा अनुष्कासँग जोडी रहेका छन्
। यस्ता मानिसप्रति लाज लाग्छ, जो आफूलाई शिक्षित बताउँछन् । अनुष्कालाई निशाना बनाउने
र उनको मजाक उडाउनेप्रति लाज लाग्छ । किनकी मैले खेलमा कस्तो प्रदर्शन गर्छु, त्यसमा
अनुष्काको कुनै सम्बन्ध हुँदैन ।’ अनुष्काले सधैँ आफ्नो उत्साह बढाएको र सकारात्मक
उर्जा दिएको विराटले बताएका छन् । सामाजिक सञ्जालमा धेरै मानिसले अनुष्का र विराटको
विषयमा विभिन्न किसिमका कुरा लेख्ने तथा त्यसमा बनेका चुटकिला पनि शेयर गर्ने गरेका
छन् । विराटले लेखेका छन् ‘मलाई यो पोस्टका लागि कुनै किसिमको सम्मान चाहिँदैन । थोरै
भए पनि समझदारी देखाउनुहोस् र उनको (अनुष्का) इज्जत गर्नुहोस् ।’ विराटले अघि लेखेका
छन् ‘सोच्नुस त, तपाईंको बहिनी, महिला मित्र वा श्रीमतीलाई त्यो बेला कस्तो महसुस होला,
जब कोही उनीमाथि चुट्किला बनाएर सार्वजनिक रुपमा सहज रुपमा चाहिने नचाहिने बोल्छन्
।’
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...