एजेन्सी
– मार्टिन गुप्टिलको शानदार ब्याटिङको मद्दतले न्युजिल्याण्ड भारतमा चलिरहेको आइसिसी
ट्वेन्ट–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइलनमा पुग्ने पहिलो टिम बनेको छ । मंगलबार
राति भएको खेलमा पाकिस्तानलाई २२ रनले हराउँदा गुप्टिलले ८० रनको योगदान
दिए । उनले ४८ बलमा १० चौका र तीन छक्काको मद्दतमा ८० रन बनाएका हुन् । उनी ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको
सूचीमा
तेस्रो नम्बरमा छन् । सन् २००९ देखि अहिलेसम्म गुप्टिलले ६० खेलका ५८ पारीमा एक हजार
सात सय ९१ रन बनाएका छन् ।
उनी श्रीलंकाका तिलकरत्ने दिलशान र न्युजिल्याण्डका ब्रेण्डम
म्याकुलम भन्दा पछि छन् । पहिलो नम्बरमा रहेका म्याकुलमले सन् २००५ देखि २०१५ सम्ममा
७१ खेलका ७० पारीमा दुई हजार एक सय ४० तथा दोस्रो नम्बरमा रहेका दिलशानले सन् २००६
देखि अहिलेसम्म ७६ खेलका ७५ पारीमा गरी एक हजार ८ सय ४६ रन बनाएका छन् । गुप्टिलले
अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा एक शतक तथा १० अर्धशतक बनाएका छन् ।
उनले अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा एक सय ६६ चौका र ७६ छक्का प्रहार
गरेका छन् । गुप्टिल अहिलेसम्म दुई पटक शून्य रनमा आउट भएका छन् ।
Wednesday, March 23, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...