एजेन्सी
– न्युजिल्याण्ड भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइलनमा
पुग्ने पहिलो टिम बनेको छ । लगातार तेस्रो जित दर्ता गर्दै न्युजिल्याण्डले अन्तिम
चारमा स्थान बनाएको हो । न्युजिल्यान्डले यसअघि आयोजक भारतलाई ४७ र अस्ट्रेलियालाई ८ रनले पराजित गरेको थियो ।
न्युजिल्यान्डको
प्रमुख प्रतियोगितामा यो अर्को सफलता हो । मंगलबार राति मोहालीमा भएको खेलमा न्युजिल्याण्डले
पाकिस्तानलाई २२ रनले हरायो । न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय ८१ रनको
लक्ष्य पछ्याएको पाकिस्तानले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ५८ रन
मात्रै बनाउन सक्यो ।
पाकिस्तानका शरजिल खानले ४७, अहमेद सेहजादले ३०, उमर अकमलले २४,
शाहिद अफ्रिदीले १९ तथा शोएब मलिकले नटआउट १५ रन बनाएपनि हार टार्न सकेनन् ।
न्युजिल्याण्डका
मिचेल सन्टनर र एडम मिल्नेले समान दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले
पाँच विकेटको क्षतिमा एक सय ८० रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ४८ बलमा १०
चौका र तीन छक्काको मद्दतमा ८० रन बनाए । यस्तै रोस टेलरले २३ बलमा नटआउट ३६, कोरी
एण्डरसनले २१ तथा केन विलियम्सनले १७ रन बनाए । पाकिस्तानका मोहम्मद सामी र शाहिद अफ्रिदीले
समान दुई दुई विकेट लिए । पाकिस्तान अहिलेसम्म खेलेका तीन खेलमा एकमा मात्रै विजयी
भएको छ । बंगलादेशलाई हराएको पाकिस्तान भारत र न्युजिल्याण्डसँग पराजित भयो । न्युजिल्याण्ड
भने अहिलेसम्म खेलेका सबै खेलमा विजयी भएको छ ।
Wednesday, March 23, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...