काठमाडौं
- डडेल्धुराका दिलबहादुर बोहरालाई ईण्डियन प्रिमियर लिग (आईपीलएल) को किंग्स ईलेवेन
पञ्जावले रिर्जव प्लेयरका रुपमा छनौटमा बोलाएको समाचारले नेपाली क्रिकेटको माहोल खुबै
ततायो । एक्कासी नामै नसुनेको खेलाडी आईपिएलमा छनौटका लागि अन्तिम संघर्ष गरिरहेको
समाचार स्वभाविकतह पत्याउँनै गाह्रो पर्ने खालको थियो । तर उनलाई निरन्तर फलो गरिरहँदा
उनी आईपीएलको अझै नजिक पुगेको अझ प्रष्टिएको छ । दिलबहादुरलाई भारतको पञ्जाव क्रिकेट
एशोसियसनले फिटनेश क्याम्पका लागि माहोली बोलाएपछि उनी किंग्स ईलेवेनको रिजर्व प्लेयरको
रुपमा छनौट हुन अन्तिम संघर्ष गरिरहेको समाचार बाहिर आएको हो । उनका अनुसार त्यस अघि
दिल्लीमा भएको छनौट खेलमा उनले ४२ बलमा ८४ रन र २ विकेट लिएपछि सेलेक्टरको नजरमा परेपछि
उनलाई फिटनेश क्याम्पका लागि पत्र आएको थियो । पत्रले तोकेको समयानुसार उनी ३ मार्चमा
माहोली क्रिकेट स्टेडियममा फिटनेश क्याम्पमा सामिल भए । किंग्स ईलेवन पञ्जावले आफ्नो
प्रारम्भिक १६ जना खेलाडीहरु अक्सनका आधारमा छनौट गरि अन्तराष्ट्रिय खेलाडीहरु भित्र्याएको
हुन्छ उनले प्रष्टाउँदै भने त्यससँगसगै टीमले रिजर्व प्लेयरका रुपमा अझै १६ जनालाई
विभिन्न चरणको परिक्षण पश्चात छनौट गर्दछ, मेरो संघर्ष त्यसैका लागि हो । यदि म रिजर्व
प्लेयरका रुपमा १६ जनामा पर्न सफल भएमा टीमको हिस्सा त हुनेछु । रिजर्व प्लेयरले अत्यावश्यक
अवस्था वाहेक अन्य अवस्थामा टीममा मौका दिईन्न ।
प्रारम्भिक १६ जनाको सुचीमा पर्न सफल
खेलाडीहरु अनफिट भएको अवस्थामा तथा सेलेक्टरले आवश्यक ठानेका बेला मात्र हामी आईपीएलका
लागि मैदानमा उत्रने हो, उनले भने । त्यसबाहेक मुख्य टीमलाई आवश्यक परेका वेला उनीहरुलाई
अभ्यासमा आवश्यक सम्पुर्ण सहयोगका लागि रिजर्व प्लेयरका रुपमा १६ जना छनौट गरिएको हुन्छ
। त्यस्तै रिर्जव प्लेयरलाई अर्को सिजनका लागि तयार गर्ने मुख्य रणनिती टीमको हुन्छ,
म संघर्ष गरिरहेको १६ जनाले छनौटकर्तालाई प्रभावित पार्न सकेमा अर्को सिजनमा मुख्य
टीममा पर्ने सम्भावना पनि त्यतिकै रहन्छ, उनले बताए । रिजर्व प्लेयरका रुपमा छनौट हुन
फिटनेश क्याम्पमा पञ्जावको माहोली क्रिकेट स्टेडियममा पुग्दा उनीसँगै भारतका विभिन्न
ठाउँबाट ३५ जना खेलाडी प्रतिस्पर्धामा थिए । आगामी मार्च २९ मा १६ जना रिजर्व प्लेयरको
अन्तिम सुची प्रकाशित हुनेछ उनले भने मेरो भाग्यको परिक्षा त्यसै दिन हुनेछ । यता १६
जनाको सुचीका लागि उनलाई पञ्जाव क्रिकेट एशोसियसनले ग्रिन सिग्नल दिएको भएर उनी आशावादी
पनि छन् । फिटनेश क्याम्पपछि बाकीं सवै खेलाडीलार्ई मार्च २९ को नतिजा पर्खनु भन्दै
घर फर्काएको एशोसियसनले दिलबहादुर लगायत ४ जना खेलाडीलाई भने दिल्लीमा विशेष प्रशिक्षणका
लागि रोकेर राखेको छ । उनी हाल दिल्लीको पटेलनगर मैदानमा पञ्जाब अजय शर्मा लगायतका
साथीका साथमा कडा अभ्यासमा व्यस्त छन् । दिल्लीमा उनले सहायक काेच भनि फाेनमा कुरा
गराएका अजय शर्मा सँग सम्पर्क गर्दा उनले दिलबहादुर प्रतिभावान भएको बताए । उनी निकै
मेहनत गरिरहेका छन् रिजर्व प्लेयरका रुपमा उनी पर्छन, पर्दैनन् त्यसका लागि अन्तिम
सुची पर्खनै पर्ने हुन्छ, उनका कोच अजयले फोनमा कुरा गर्दै बताए । पञ्जाब क्रिकेट एशोसिशनले
उनीसँगै ४ जनालाई दिल्लीमा एशोसियसनकै खर्चमा प्रशिक्षण गराईरहेको छ, यसबाट उनी रिजर्व
प्लेयरको सुचीमा पर्ने सम्भावना उच्च रहेको अनुमान लगाउँन सक्छौ तर नजिता नआएसम्म केही
भन्न सकिन्न उनले दोहो¥याए । दिल्लीमा हप्तामा ३ दिन विशेष अभ्यास भईरहेको छ, यसले
दिलबहादुरलाई अझ परिपक्व बनाउँदै लगेको छ, उनले थपे । नेपाली खेलाडी आईपिएलको त्यस
स्थानसम्म पुग्नु दुर्लभ घटना हो । उनी छनौट भएमा किंग्स ईलेवेनको टीममा अनुबन्ध हुनेछन्
। त्यसबाट उनले लाखौ पारिश्रमिक पनि पाउँनेछन् साथै ईतिहासमा पहिलो पटक नेपाली खेलाडी
आईपीएलको कुनै टीमको सदस्यका रुपमा रहनेछन् । दिलबहादुरलाई दिलबाट शुभकामना । यज्ञराज जोशी ले आईनेपालअनलाइन को लागि खबर लेख्नुभएको छ
।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...