एजेन्सी
- श्रीलंकाली क्रिकेट टिमका तिव्र गतिका बलर लासिथ मालिङा ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि भारत आइपुगेका छन् । श्रीलंकाली टिम यसअघि
नै भारत आएको भएपनि चोटका कारण मालिङा भने सोमबार मात्र भारत आइपुगेका हुन् । उनी घुँडाको
चोटको उपचारका लागि श्रीलंकामै थिए । अहिले निको भएर भारत आएको भएपनि उनले आउँदो बिहीबार
हुने अफगानिस्तानसँगको खेल खेल्ने सक्नेमा आशंका छ । उनी तीन महिनाअघि देखि घुँडाको
चोटबाट पीडित थिए । जसका कारण उनले न्युजिल्याण्डसँगको २ म्याचको श्रृखला गुमाएका थिए
। एसिया कप क्रिकेटमा कप्तानको भूमिकाका साथ बंगलादेशमा गएका भए पनि उनले युएईविरुद्धको
एक मात्र खेल खेलेका थिए ।
भारतमा जारी यो विश्वकपपछि ट्वेन्टी–ट्वेन्टी क्रिकेटबाट
सन्यास लिने संकेत गरिसकेका मालिङाले कोलकता जाने क्रममा प्रश्न गरे ‘छनौटकर्ताले अरु
बलर हुँदा हुँदै म जस्तो चोटग्रस्त खेलाडीलाई किन टिममा राख्न चाहन्छन् ?’ ट्वेन्टी–ट्वेन्टी
क्रिकेटमा २ सय ९९ विकेट लिइसकेका मालिङाले २० ओभरको विश्वकपका अहिलेसम्म ३१ खेलमा
३८ विकेट लिएका छन् ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...