एजेन्सी
– ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ५५ रनले पराजित गरेको
छ ।
टस जितेर पहिला ब्याटिङ गरेको
पाकिस्तानले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश पूरा ओभर
खेल्दै ६ विकेट गुमाएर १ सय ४६ रनमा सिमित भएको हो ।
बंगलादेशका लागि
तमिम इक्वालले २४, सब्बिर रहमानले २५, मुसफिकर रहिमले १८ र सकिब अल हसनले अविजित
५० रन बनाए ।
पाकिस्तानका मोहम्मद आमिर र शाहिद अफ्रिदीले २/२ तथा मोहम्मद इर्फान
र इमाद वासिमले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २०
ओभरमा ५ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद हाफिजले ६४
तथा अहमद सेहजादले ५२, शाहिद अफ्रिदीले ४९ रन बनाए । बंगलादेशका अल तस्किन अहमद र अराफत
सन्नीले २/२ साथै सब्बिर रहमानले १ विकेट लिए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...