एजेन्सी
– भारतीय कप्तान महेन्द्र सिंह धोनीले पत्रकारले सन्यासका बारेमा सोधेको प्रश्नको जवाफ
रमाइलो तरिकाले दिएका छन् । मुम्बईको बाङखडे स्टेडियममा वेष्ट इण्डिजसँग पराजित
भएपछिको पत्रकार सम्मेलनमा उपस्थित धोनीले पत्रकारसित रमाइलो गरेका छन् । पत्रकारका
सम्मेलनमा धोनीले पत्रकारको उत्तर दिइरहेका थिए । त्यसै क्रममा प्रश्न सोध्ने पालो
आयो अष्ट्रेलियन पत्रकार सैम फेरिसको । उनले धोनीलाई सोधे ‘वेष्ट इण्डिजसँगको यो हारपछि
पनि तपाईंले खेललाई निरन्तरता दिन चाहनुहुन्छ?’ त्यसपछि धोनीले फेरिसलाई उनको प्रश्न
दोहोर्याउन लगाए र फेरिसले पुन आफ्नो प्रश्न राखे । त्यसपछि धोनीले हाँस्दै भने
‘यहाँ आउनुस, केहि रमाइलो गरौं ।’ धोनीले आफूसँगै ड्यासमा बोलाएपछि फेरिस केहि हिच्किचाए
। धोनीले आफूले साँच्चिकै बोलाएको भनेपनि फेरिस धोनीसँगै ड्यासमा पुगे । धोनीले कुर्सी
सारेर फेरिसलाई आफ्नो नजिकै बसाए र उनको काँधमा हात राखेर सोधे ‘के तपाईं मैंले सन्यास
लियोस भन्ने चाहनुहुन्छ ?’ फेरिसले उत्तर दिए ‘हैन, मैंले त प्रश्न मात्र सोधेको ।’
‘मलाई लाग्यो कोहि भारतीय पत्रकारले मलाई यो प्रश्न गर्दै छ, म त तपाईंलाई यो प्रश्न
सोध्न सक्दिन कि तपाईंको कोहि भाइ वा छोरा भतिजा छन्, जो विकेट किपर हुन र भारतका लागि
खेल्न सक्छन् ।’ फेरिसको काँधमा राखेको हात नहटाई धोनीले भने । त्यसपछि धोनीले फेरिसलाई
फेरि सोधे ‘म दौडेको देखेर तपाईंलाई म अनफिट छु भन्ने लाग्छ ?’ ‘हैन, तपाईं त तिव्र
गतिमा दौडिनु हुन्छ ।’ फेरिसले उत्तर दिए । ‘मैंले २०१९ को विश्वकप खेल्न सक्छु जस्तो
लाग्छ तपाईंलाई ?’ धोनीको प्रश्न सकिएकै थिएन । ‘हो, तपाईंले त खेल्नै पर्छ । फेरिसले
उत्तर दिए । त्यसपछि धोनीले भने ‘मेरो उत्तर तपाईं आफैंले दिनुभयो ।’
भिडियोमा हेर्नुहोस:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...