काठमाडौं
- भारतलाई उसकै घरेलु मैदानमा ७ विकेटले हराउँदै वेष्ट इण्डिज टी-२० विश्वकपको फाइनलमा
प्रवेश गरेको छ ।
मुम्बईमा बिहीबार राती भएको खेलमा टस जितेर वेस्ट इण्डिजले फिल्डिङ
रोजेपछि भारतले ब्याटिङ गरेको थियोे । भारतले पुरै २० ओभरमा २ विकेट गुमाएर १९२ रन
बनायो ।
भारतले दिएको १९३ रनको लक्ष्य वेष्ट इण्डिजले २ बल बाँकी रहँदै ३ विकेट गुमाएर
भेट्टायो । भारतका लागि विराट कोहलीले ४७ बलमा ८९ रनको योगदान दिए भने रोहित शर्मा
र अजिन्का रहानेले क्रमशः ४३ र ४० रन बनाएपनि जितका लागि त्यो पर्याप्त रहेन ।
भारत
विरुद्ध जवाफी व्याटिङ गरेको वेष्ट इण्डिजले खराव सुरुवात गरेपनि पछि खेल लयमा फर्किएको
थियो ।
वेष्ट
इण्डिजका निकै आशा गरिएका क्रिस गेल मात्र ५ रन बनाएर आउट भए भने दोस्रो विकेट जाँदा
टिमको स्कोर मात्र १९ रन थियो ।
तर जोनसन चाल्र्स र लेन्डल सिमोन्सले पारी सम्हाले
। चार्ल्स ५२ रनमा आउट भएपछि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आन्द्र रसेलले पनि राम्रो
पारी खेले । सिमोन्स ८३ रनमा अविजित रहे । ५१ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का
हाने । रसेलले २० बलमा ४ चौका र ४ छक्काको मद्दतमा अविजित ४३ रन बनाए । वेष्ट
इण्डिजले अब फाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...