एजेन्सी
– पाकिस्तानी क्रिकेटर सहिद अफ्रिदीले ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको कप्तानबाट राजीनामा दिएका छन् । अफ्रिदीको कप्तानीमा
पाकिस्तान ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको नकआउट चरणमा पुग्न असफल भएको थियो ।
तर कप्तानबाट राजीनामा दिएका उनले पाकिस्तानका लागि खेल्न भने नछाड्ने बताए ।
उनले लिग क्रिकेट पनि खेल्ने बताएका छन् । भारतमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटका
चार खेलमा ९० रन बनाउने क्रममा अफ्रिदीले बंगालादेशविरुद्ध ४९ रन जोडेका थिए ।
बलिङतर्फ उनले चार खेलमा ४ विकेट लिए । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल
पुग्न असफल भएपछि पाकिस्तानको क्रिकेट बोर्डले अफ्रिदीले सन्यास लिने संकेत गरेको थियो
। अफ्रिदीले घर, परिवार र आफन्तसँग सल्लाह गरेर मात्र सन्यासबारे बोल्ने बताएका थिए
। सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका अफ्रिदी सन्यास फिर्ता गर्दै
पुन मैदान फर्केका थिए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...