एजेन्सी
– आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि दोस्रो पटक जितेको वेष्ट इन्डिजका कप्तान डरेन सामीले आफ्नो देशको क्रिकेट बोर्डप्रति निराशा व्यक्त
गरेका
छन् ।
आइतबार राति इंग्ल्याण्डलाई चार विकेटले हराएर दोस्रो पटक उपाधि पक्का गरेपछि
पुरस्कार वितरण समारोहमा कप्तान सामीले भने ‘हामीले यो यात्राको सुरुवात गरेका छौं, हामीलाई
केही गर्नु छ भन्ने थाहा थियो, यो प्रतियोगितामा हामी खेल्छौं कि खेल्दैनौं भन्ने
पनि टुंगो नहुँदा समर्थक निराश थिए ।’
आफूहरुले यो सफलता हात पार्ने क्रममा धेरै समस्याको
सामना गरेको उनले बताए । उनले भने ‘आफ्नै देशको क्रिकेट बोर्डबाट अपमानित भएको महसुस
गथ्र्यौं ।
बोर्डले हाम्रो टिमसँग दिमाग नै नभएको भन्दै होच्याउँथ्यो ।’ उनले प्रशिक्षकका
बारेमा पनि बोले । उनले भने ‘यो प्रतियोगितमा हामीसँग नयाँ प्रशिक्षक राल लेविस थिए
। जसले अहिलेसम्म कुनै पनि टिमको व्यवस्थापन गरेका थिएनन् । हामी दुबईमा एक क्याम्पमा
रहँदा हामीसँग युनिफर्म (जर्सी वा पोशाक) पनि थिएन।’ वेष्ट इन्डिज सेमिफाइनलमा भारतलाई
हराएर फाइनलमा पुगेको थियो । यसअघि सन् २०१२ मा ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि
उचालेको थियो ।
हेर्नुहोस् पुरा भिडियो:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...