इंग्ल्याण्डको पोल्टामा १२ लाख ५० हजार
फाइनलमा
वेष्ट इण्डिजसँग ४ विकेटले पराजित भएको इंग्ल्याण्डको पोल्टामा भने १२ लाख ५० हजार
अमेरिकी डलर मात्र परेको छ । उसले उपविजेता भए वापत ८ लाख, सुपर टेनमा ३ खेल जिते वापत
डेढ लाख र सहभागिता जनाए वापत ३ लाख गरेर १२ लाख ५० हजार हात पारेको हो ।
न्युजिल्याण्डलाई ९ र भारतलाई साढे ८ लाख डलर
ट्वेन्टी–ट्वेन्टी
विश्वकपको सेमिफाइनलमा हार्ने न्युजिल्याण्डले ९ लाख अमेरिकी डलर र भारतले साढे ८ लाख
अमेरिकी डलर हात पारे । सेमिफाइनलमा हार्र्ने टिमका लागि ४ लाख डलर पुरस्कारको व्यवस्था
थियो । न्युजिल्याण्डले सुपर टेनका सबै ४ खेल जितेर २ लाख थप गरेको हो भने भारतले सुपर
टेनमा ३ खेल मात्र जितेर डेढ लाख पाएको थियो । यो पटकको विश्वकपमा सहभागी सबै टिमलाई
३ लाख डलर दिइएको थियो । त्यो सबै जोड्दा न्युजिल्याण्डले ९ लाख डलर र भारतले साढे
८ लाख अमेरिकी डलर पुरस्कार पाएका हुन् ।
पुरस्कार रकम कसले राख्छ?
पुरस्कार
वापत पाएको सबै रकम खेलाडीले पाउँदैनन् । वेष्ट इण्डिजले ट्वेन्टी–ट्वेन्टी विश्वकप
हात पारेको २० लाख ५० हजार अमेरिकी डलर वेष्ट इण्डिजको क्रिकेट बोर्डको खातामा जान्छ
। बोर्डले विश्वकप जित्ने खेलाडीलाई यो रकमबाट बोनस भने दिन सक्छ । बोर्डसँग सम्झौता
गर्ने सबै खेलाडीले बोर्डबाट मासिक तलब पाउने गर्छन् । वेष्ट इण्डिजको जस्तै अन्य टिमले
पाएको नगद पुरस्कार पनि सम्बन्धित टिमको क्रिकेट संघको खातामा नै जान्छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...