१. मोहमद नाबी
भारतमा
भएको ट्वेन्टी–ट्वेन्टी विश्वकपमा सबैभन्दा बढी विकेट लिनेमा अफगानिस्तानका बलर मोहमद
नाबी पहिलो नम्बरमा रहे । सात म्याच खेलेका नाबीले २७ ओेभर बलिङ गर्दै एक सय ६४ रन
खर्चेर १२ विकेट लिए ।
२. राशिद खान
सबैभन्दा
बढी विकेट लिने खेलाडीको दोस्रो नम्बरमा छन् अफगानिस्तान कै राशिद खान । ७ खेल खेलेका
राशिदले २८ ओभर बलिङ गर्दै एक सय ८३ रन खर्चेर ११ विकेट लिए । १७ वर्षका रसिदले खेलेको
खेल मध्ये साउथ अफ्रिका विरुद्धको खेलमा मात्रै विकेट लिन सकेनन् । उनले सबैभन्दा बढी
३ विकेट जिम्बाबे विरुद्धको खेलमा लिएका थिए ।
३. इश सोढी
न्युजील्याण्डकै
अर्का बलर सोढी यो विश्वकपमा सबै भन्दा बढी विकेट लिने खेलाडीको सूचीमा तेस्रो नम्बरमा
परेका छन् । २३ वर्षे साढीले ५ खेल खेले । जसमा १९ दशमलव ५ ओभर बलिङ गर्दै उनले एक
सय २० रन खर्चेर १० विकेट लिए ।
४. मिचेल सन्टनर
न्युजिल्याण्डका
मिचेल यो विश्वकपमा बढी विकेट लिने खेलाडीको सूचीमा चोथो नम्बरमा छन् । उनले ५ खेलमा
१८ दशमलव एक ओभर बलिङ गर्दै एक सय १४ रन खर्चेर १० विकेट लिए । २४ वर्षे मिचेल खेलेका
पाँचैवटा खेलमा विकेट लिन सफल भए ।
५. शकिब अल हसन
सात
खेल खेलेका बंगलादेशका २९ वर्षे हसन बढी विकेट लिने खेलाडीको सूचीमा पाँचौं नम्बरमा
छन् । उनले २३ ओभर बलिङ गर्दै एक सय ६६ रन खर्चेर १० विकेट लिए ।
६. डेविड विली
इंग्ल्याण्डका
डेविड विली बढी विकेट लिने खेलाडीको सूचीमा छैटौं नम्बरमा रहे । ६ खेलमा २१ ओभर बलिङ
गरेका विलीले एक सय ५९ रन खर्चे र १० विकेट लिए । वेष्ट इन्डिजसँगको फाइनलमा उनले तीन
विकेट लिए ।
७. सामुएल बाड्री
वेष्ट
इन्डिजका ३५ वर्षका बलर सामुएल यो विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सातौं
नम्बरमा रहे । ६ खेलमा २३ ओभर बलिङ गरेका उनले एक सय २४ रन दिएर ९ विकेट लिए । इंग्ल्याण्डसँगको
फाइलनमा उनले दुई विकेट लिए ।
८. मुस्ताफिजुर रहमान
बंगलादेशकै
अर्का बलर मुस्ताफिजुर रहमान बढी विकेट लिने खेलाडीको सूचीमा आठौं नम्बरमा छन् । वर्षका
युवा बलर रहमानले जम्मा तीन खेल खेले । तीन खेलमा जम्मा १२ ओभर मात्र बलिङ गरेका उनले
८६ रन खर्चेर ९ विकेट चट्काए ।
९. एण्ड्री रुसेल
वेष्ट
इन्डिजका रुसेल यो विश्कपमा बढी विकेट लिने खेलाडीको सूचीमा नवौं नम्बरमा छन् । जम्मा
६ खेल खेलेका उनले २४ ओभर बलिङ गर्दै एक सय ८९ रन खर्चेर ९ विकेट लिए । २७ वर्षे रुसेलले
इंग्ल्याण्डसँगको फाइनलमा एक विकेट लिए ।
१०. डवेन ब्रावो
वेष्ट
इन्डिजका ब्रावो यो विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा १० औं नम्बरमा छन्
। ३२ वर्षका ब्रावोले ६ खेलमा २४ ओभर बलिङ गर्दै एक सय ९० रन खर्चेर नौ विकेट लिए ।
उनले इंग्ल्याण्डसँगको फाइलनमा तीन विकेट लिए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...