एजेन्सी
– ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि उचाल्ने भारतको सपना चकनाचुर
भएको छ । विहीबार राति भएको खेलमा वेष्ट इण्डिजसँग ७ विकेटले हारेपछि भारतको सपना तुहिएको
हो । जितको लागि १९३ रन पछ्याएको वेष्ट इण्डिजले मात्र ३ विकेटमा लक्ष्य हासिल गर्यो
।
वेष्ट इण्डिजका लागि लेन्डल सिमोन्स भाग्यमानी सावित भए । जसले ५१ बलमा
८२ रनको उत्कष्ट पारी खेले । उनले आफ्नो पालिमा भारत विरुद्ध ५ छक्का प्रहार गरे ।
यस्तै उनकै पारीमा दुई पल्ट ‘नो बल’ हुन पुग्यो । सिमोन्स बाहेक जोनसन चाल्र्सले ५२
रनको पारी खेले भने आन्द्रे रसेलले २० बलमा ४३ रनको पारी खेले । निकै आशा गरिएका क्रिस
गेल मात्रै ५ रनमा आउट भएपछि र १९ रन मात्रै बनाउँदा २ विकेट गुमाएपछि वेष्टइण्डिज
दबाबमा आएको थियो । दबाबकाबीच मैदान छिरेका जोनसन चाल्र्स र लेन्डल सिमोन्सले
१०३ रनको साझेदारी गरेपछि संकट टरेको थियो । वेष्ट इण्डिजले फिल्डिङ रोजेपछि पहिले
व्याटिङ गरेको भारतले मात्र २ विकेटमा १९२ रनको विशाल रन जोडेपछि खेल उसकै पक्षमा जाने
अनुमान गरिएको थियो । तर वेष्ट इण्डिजले त्यो अनुमान व्यर्थ बनाईदियो ।
वेष्ट
इण्डिजलाई १९३ रनको विशाल लक्ष्य दिएको भारतले के कारण हार्यो त ? बीबीसी हिन्दीले
क्रिकेट विश्लेषकहरुको कुराकानीमा आधारमा कारण यस्तो छ :
- भारतका अजिन्का रहाणे र विराट
कोहली ११ देखि १६ ओभरको बीचमा धर्मराए । अजिन्क्या रहाणे र विराट कोहलीको ११ देखि १६
ओभरको बीचमा रन कम बनेको थियो । भारतले ४७ रन बनाएको थियो । जबकि वेष्टइण्डिज यही ओभरमा
६७ रन जोड्न सफल भएको छ ।
- केबल २ विकेट गुमाएपछि विराट
कोहली र कप्तान महेन्द्रसिंह धोनीले पारीको अन्यमा सर्ट लिएनन ।
- वेष्ट इण्डिजका सिमोन्सको पारीमा
२ पटक भएको नो बल नै भारतलाई महंगो पर्न गयो ।
- टस हारेपछि भारत फिल्डिङमा
पर्नु । बल स्लाइड भएका कारण अश्विनले दुई ओभरमा मात्र बलिङ गरे ।
- सिमोन्स र चाल्र्सको योगदान
नै वेष्ट इण्डिजको लागि जित बन्यो भने भारतको लागि हार ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...