एजेन्सी
- अस्ट्ेरलियन ब्याट्सम्यान क्रिस रोजर्सले एसेस सिरिजपछि अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्न्यास
लिने
भएका छन् । ३७ वर्षीय रोजर्सले मंगलबार टेस्ट करिअरको सन्न्यासबारे स्पष्ट पारेका हुन्
। पछिल्लो घोषणासँगै रोजर्सले आफ्नो करिअरको २५औँ टेस्टका रूपमा इंग्ल्यान्डविरुद्धको
अन्तिम तथा पाँचाँै टेस्ट खेल्नेछन् । ‘केही वर्ष अस्ट्ेरलियन टोलीबाट खेल्ने अवसर
मिल्यो, मेरा लागि अविस्मरणीय छन्,’ रोजर्सले भने, ‘तर अब बिदा लिने वेला आएको छ ।’
रोजर्सले हालसम्म अस्ट्ेरलियाका लागि ४२.८६ को एभरेजमा १९७२ रन जोडेका छन् । रोजर्सले
सन् २००८ मा भारतविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा ४ रन र १५ रन मात्रै जोड्न
सकेपछि उनी टोलीबाट हटाइएका थिए । रोजर्स सन् २०१३ सम्म टोलीमा फर्कन सकेनन् । उनी
३५ वर्षको उमेरमा इंग्ल्यान्डविरुद्धको एसेसका लागि छनोट भएका थिए । मिडलसेक्समा उत्कृष्ट
प्रदर्शन गरेपछि उनलाई अवसर दिइएको हो ।

रोजर्सले सन् ०१३–१४ को एसेस सिरिजअन्तर्गत
चेस्टर ली स्ट्रिटमा पहिलो शतक प्रहार गरेका थिए । त्यस वेला अस्ट्ेरलियाले सिरिज ५–०
ले ह्वाइटवास गर्दा उनले थप दुई शतक प्रहार गरेका छन् । यो वर्षको सुरुवातमा रोजर्सले
लगातार सात अर्धशतक प्रहार गरेका थिए ।
Thursday, August 20, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...