
पोखरामा
बुधबारदेखि महिला क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ । राइजिङ क्रिकेट फर उमन (आरसीडब्लू)
क्लब, काठमाडौं र माछापुच्छ्रे क्रिकेट क्लब, पोखराको संयुक्त आयोजनामा महिला क्रिकेट
लिग प्रतियोगिता हुन लागेको हो। स्थानीय नदीपुरस्थित नगर विकास प्रशिक्षण खेल
मैदानमा हुने उक्त प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइने मंगलबार आयोजित पत्रकार
सम्मेलनमा जानकारी दिइयो। प्रतियोगितामा आयोजक आरसीडब्लू, एमएमसी र अरण्यज्योति क्रिकेट
क्लबले भाग लिनेछन्। आरसीडब्लू क्षेत्र नम्बर ३ काठमाडौंकी कप्तानसमेत रहेकी अस्मिना
कर्माचार्यको कप्तानीमा मैदानमा उत्रने छ। यसैगरी एमएमसी नेपाली राष्ट्रिय महिला टिमका
उपकप्तान ममता थापाको कप्तानीमा तथा अरण्यज्योति सरु राजभण्डारीको कप्तानीमा मैदान
उत्रने जनाइएको छ। नेपाली राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा
रहेको लर्ड बुद्ध एकेडेमीले पनि प्रतियोगितामा भाग लिने बताइएको छ। तर पूर्वका जिल्लाहरू
बन्द रहेकाले सो टिम पोखरा आइनसकेको आरसीडब्लूका अध्यक्ष आरती बिडारीले जानकारी दिइन्।
प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट
बलर र सर्वोत्कृष्ट ब्याट्सम्यानलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजकसमेत
रहेकी बिडारीले बताइन्। महिलाले पनि पुरुष समान अवसर पाउनुपर्छ भनेर यो प्रतियोतिगालाई
पोखरामा आयोजना गरिएको एमसीसीका अध्यक्ष दीपेश खत्रीले बताए। प्रतियोगिता आयोजना गर्न
अमेरिकाका रोबर्ट बिज्लीले पनि आर्थिक सहयोग गरेका छन्। नेपालमा आएको महाभूकम्पले
खेलाडीहरूको मानसिकतामा पनि असर पारेको हुन सक्ने भएकोले तनावबाट खेलाडीहरूलाई मुक्त
पार्नका लागि यो प्रतियोगितामा सहयोग गरेको उनले बताए।
Thursday, August 20, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...