एजेन्सी
- इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको एक मात्र ट्वेन्टी–ट्वेन्टी क्रिकेट ५ रनले जितेको
छ । कार्डिफमा सोमबार राती जितका लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले
२० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन मात्र बनायो । अष्ट्रेलियाका
स्टेभेन स्मिथले
९० रन बनाएपनि त्यो जितका लागि प्रयाप्त भएन । पहिला ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले
२० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । उसका लागि इयान मोर्गान ७४ रन
बनाए ।
मोइन अली ७२ रनमा नट आउट रहे । पहिला पल्ट म्यान अफ द म्याच बनेका अलीको यो
अहिलेसम्मकै उच्च स्कोर हो ।
Tuesday, September 1, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...