मलेसियामा
जारी १९ वर्ष मुनिको एसिसी एलाइट कप क्रिकेट प्रतियोगितामा नेपालले कुवेतलाई २ सय ५१
रनको लक्ष्य दिएको छ । प्रतियोगिता अन्तर्गत जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको
नेपालले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५० रन बनायो । ६६ रन बनाउँदा ६ विकेट
गुमाएको नेपाललाई ऐरी र खनालले सातौ विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए
। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८४, सौरभ खनालले ७३ र प्रेम तामाङले
अविजित २३ रन बनाए । यसअघि खेलेका ३ खेल मध्ये २ मा जित र १ हार बेहोरेको नेपाल ४ अंकका
साथ दोश्रो स्थानमा रहेको छ । नेपालले आजको खेल जितेमा शीर्ष ३ मा रहँदै १९ वर्षमुनिको
एसिया कपमा सहभागिता जनाउने संभावना बलियो हुनेछ ।
Tuesday, September 1, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...