यू-१९ क्रिकेटमा साउदी अरेबियामाथि नेपालको शानदार जित !!

अन्तिम खेलमा साउदी अरेबियामाथि सानदार जित हात पारेपनि नेपाल एसीसी यू-१९ प्रिमियर
क्रिकेटको च्याम्पियन बन्न सकेन । बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई
९ विकेट पराजित गर्दै च्याम्पियन बन्ने सम्भावना कायमै राखेको थियो । तर, अफगानिस्तानले
मलेसियालाई ७ विकेटले पराजित गर्यो र नेपाल उपविजेतामा सिमित बन्यो । मलेसियाले प्रस्तुत
गरेको १०६ रनको लक्ष्य अफगानिस्तानले २१.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सबै खेल
जितेको अफगानिस्तान १० अंकसहित च्याम्पियन बनेको छ । समान खेलबाट ८ अंक जोडेको नेपाल
उपविजेता बनेको छ । दोस्रो खेलमा अफगानिस्तानसँग व्यहोरेको १० विकेटको हार नै नेपाललाई
च्याम्पियन बन्न बाधक बन्यो । त्यसअघि आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि
९ विकेटको शानदार जित हात पारेको थियो । मलेसियाको सेलोंगर टर्फ क्लबमा टस जितेर पहिले
ब्याटिङगरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो । नेपाली बलिङसामू साउदी
अरेबियाका ब्याट्सम्यानहरु निरिह देखिए । उसका फैसल खानले १९ र जैनले ११ रन जोडे ।
अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दुई ब्याट्सम्यान शुन्यमै आउट
भएका थिए भने चार ब्याट्सम्यान १/१ रनमा आउट भए । घातक बलिङ गरेका नेपालका सुशील कँडेलले
१० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए । सुनिल धमलाले ६ ओभरमा ३ डेमन राख्दै
३ रन दिएर २ विकेट लिए । प्रेम तामाङले ४.२ ओभरमा २ मेडन राखेर ९ रन दिँदै २ विकेट
लिए । ५६ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । ओपनर सुनिल
धमला ३४ रनमा अविजित रहे भने कप्तान राजु रिजाल १४ रनमाअविति रहे । शंकर राना मात्र
४ रनमा आउट भए ।
Thursday, September 3, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...