श्रीलंका
विरुद्धको तीन टेस्टको श्रृखला भारतले २–१ ले जितेको छ । मंगलबार सकिएको तेस्रो टेस्टमा
श्रीलंकालाई १ सय १७ रनले हराउँदै भारतले श्रृखंला आफ्नो पक्षमा पारेको हो । यो जितसँगै
भारतले श्रीलंकालाई २२ वर्षपछि उसकै घरेलु मैदानमा हराउँदै टेस्ट श्रृखंला पराजित गरेको
हो । विराट कोहलीले आफ्नो कप्तानीमा टिमलाई श्रृखंला जिताएका हुन् । भारतले तस्रो टेस्टमा
जितका लागि तीन सय ८५ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको
श्रीलंका दोस्रो पारीमा दुई सय ६८ रन बनाएर अलआउट भयो । श्रीलंकाका कप्तान एन्जेलो
म्याथ्युजले १ सय १० तथा कुशल परेराले ७० रन बनाएपनि टीमलाई जिताउन सकेनन् । भारतका
रविचन्द्रन आश्विनले चार तथा इशान्त शर्माले तीन विकेट लिए ।
यो म्याचको पहिलो पारीमा
अभिजित एक सय ४५ रनको पारी खेल्ने चेतेश्वर पुजारा म्यान अफ दी म्याच तथा श्रृखंला
भर २० विकेट लिएका रविचन्द्रन आश्विन म्यान अफ दी सिरिज घोषित भए । पहिलो टेस्टमा भारत
६३ रनले पराजित भएको थियो भने दोस्रो टेस्टमा दुई सय ७८ रनको जित निकालेको थियो ।
Wednesday, September 2, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...