एजेन्सी - अष्ट्रेलियाका विकेट किपर ब्राड हेडिनले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन्
। गत जुलाइमा भएको एसेज टेष्टका क्रममा हेडिनको स्थान पिटर नेभलले लिएका थिए, जुन सिरिजमा
अष्ट्रेलिया ३-२ ले पराजित भएको थियो । ३७ वर्षका हेडिनले वर्षको सुरुमा नै एकदिवसीय
क्रिकेटबाट विदा लिइसकेका थिए । हेडिनले न्यू साउथ वेल्सबाट पनि घरेलु क्रिकेट नखेल्ने घोषणा गरेको
बीबीसीले जनाएको छ । तर, टी-२० बिग ब्यास लिग भने सिड्नी सिक्सरबाट खेल्नेछन्
। हेडिनले २००१ मा वड डेमा डेब्यू गरेका थिए । उनले अष्ट्रेलियाबाट ६६ टेष्ट, १२६ वन
डे र ३४ टी-२० खेले । एसेजमा हार व्यहोरेपछि सन्यासको घोषणा गर्ने उनी चौथो अष्ट्रेलियन
क्रिकेटर हुन् । यसअघि कप्तान माइकल क्लार्क, क्रिस रोजर्स र शेन वाट्सनले सन्यास लिएका
थिए ।
Wednesday, September 9, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...