अष्ट्रेलियाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ३ विकेटले
विजयी भएको छ । यससँगै पाँच म्याचको सिरिज २-२ को बराबरीमा पुगेको छ । अन्तिम एकदिवसीय
जित्ने टीमले सिरिज जित्नेछ । लिड्समा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा
७ विकेट गुमाएर २९९ रन बनायो । ३० रन जोड्दा ३ विकेट गुमाएको उसको पारी मध्य क्रमका
ब्याट्सम्यानले सम्हालेका थिए । ग्लेन म्याक्सवेलले ८५ रन बनाए भने
जर्ज बेलीले ७५
रनको योगदान दिए । म्याथु वेड ५० र जोन हेस्टिंग्स ३४ रनमा अविजित रहे । इंग्ल्याण्डका
डेभिड विलेले ३ विकेट लिए भने मोइन अली र लिमले २-२ विकेट लिए । जवाफमा मैदान उत्रिएको
इंग्ल्याण्डले अन्तिम ८ बल खेल्नु अघि ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि
इयान मोर्गानले ९२ रन बनाए भने जेम्स टेलर र बेन स्टोक्सले ४१/४१ रन बनाए । अष्ट्रेलियाका
पेट कुमिन्सले ४ विकेट पलए भने मिचेल मार्सले २ विकेट लिए ।
Saturday, September 12, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...