
इङल्यान्ड
र अस्ट्रेेलियाबीच चल्ने एसेज सिरिज विश्व खेलकुदकै सबैभन्दा पुराना खेल प्रतिस्पर्धा
मानिन्छ । सय वर्ष भन्दा पुरानो यस सिरिजमा बिहीबार लन्डनको ओभलमा एउटा नयाँ अध्याय
थपिने छ र त्यो हो, अस्ट्रेलियाली टिमका वर्तमान टेस्ट कप्तान माइकल क्लार्कको सन्यास
। धेरैले मानेका छन्, विश्व क्रिकेटका लागि यो पनि एक युगको अन्त्य हो । ढाडको चोटबाट
गुज्रिरहेका क्लार्कले कुनै पनि बेला सन्यास लिन सक्ने सम्भावना थियो । तर न त क्लार्कले
सोचेका थिए, न त अरु कसैले सोचेका थिए । केही महिना अगाडि मात्र क्लार्कको नेतृत्वमा
अस्ट्ेरलियाले आफ्नै भूमिमा वान डे विश्वकप जितेको थियो । त्यस अगाडि पनि अस्ट्ेरलियाको
प्रदर्शन लगातार राम्रो रहेको थियो । ठीक १८ महिना अगाडि अस्ट्रेेलियाको त्यो शान्दार
प्रदर्शन कसले बिर्सन सक्छ र ? अस्ट्ेरलियाले त्यति बेला आफ्नै घरेलु मैदानमा भएको
एसेज सिरिजमा इङल्यान्डलाई नमीठोसँग पराजित गरेको थियो, पाँच टेस्टमा ५–० ले । त्यति
बेला भनिएको थियो, इङ्लिस क्रिकेटले सायद मृत्यु आत्मसात् गरेको छ । तर समयले कति बेला
कोल्टे फेर्छ भन्न सकिन्न । इङलिस क्रिकेट अहिले सुखद स्थितिबाट गुज्रिरहेको छ भने
अस्ट्रेेलिया १८ महिना अगाडि इङल्यान्डको स्थितिमा फर्केको छ । अहिले चलिरहेको एसेज
सिरिजको पाँचौं तथा अन्तिम टेस्ट ओभलमा भोलि सुरु हुनेछ । यस टेस्ट अगाडि नै सिरिजको
भने निर्णय भइसकेको छ, त्यसैले यो टेस्टलाई ‘डेड रबर’ पनि भन्न थालिएको छ । अहिले इङल्यान्डलाई
सिरिजमा ३–१ को निर्णायक अग्रता प्राप्त छ । ट्ेरन्ट ब्रिजमा भएको चौथो टेस्ट जितेर
इङल्यान्डले सिरिज कब्जा गरेको हो । यसअघि इङल्यान्ड एजटबास्टन टेस्टमा पनि विजयी रहेको
थियो । अस्ट्ेरलियाले लर्डसमा भएको दोस्रो टेस्ट जितेर सिरिजमा फर्कने छाँट देखाएको
थियो । तर त्यस्तो केही भएन् । कार्डिफ टेस्ट जितेर सिरिजमा अग्रता लिएको इङल्यान्डले
अन्तत: चौथो टेस्टसम्म पुग्दा निर्णायक स्थितिमा पुग्न सफल रह्यो । ट्ेरन्ट ब्रिजमा
अस्ट्ेरलिया आफ्नो पहिलो इनिङ्समा ६० रनमा धरासायी हुनुलाई अब त्यहाँको क्रिकेटको
‘नरसंहार’ मान्न सुरु भएको छ । जे होस, त्यस हारपछि क्लार्क घोषणा गर्न बाध्य भए,
‘अब म सबै खाले क्रिकेटबाट सन्यास लिने छुं । पछिल्लो समय मेरो प्रदर्शन अस्ट्ेरलियाका
लागि खेल्न र टिमकै नेतृत्व गर्न पर्याप्त रहेन । यस्तोमा मेरो सामु सन्यास लिने सबैभन्दा
ठीक विकल्प रहेको छ ।’ उनको सन्यासलाई किन एक युगको अन्त्य मानिएको हो भने यससँगै अस्ट्ेरलियाको
एक स्वर्णिम पुस्ताका खेलाडी युग सकिएको छ । सन् सत्तरीमा अन्तर्राष्ट्रिय क्रिकेटमा
वेस्ट इन्डिजको बाहुल्य थियो भने त्यसपछि त्यसलाई तोड्ने काम गरेको थियो, अस्ट्रेेलियाले
। स्टिभ वाको नेतृत्वमा अस्ट्ेरलियाले यो काम गरेको थियो । त्यस टिममा एक से एक खेलाडी
थिए । त्यसैमध्ये सबैभन्दा कान्छा खेलाडी थिए, यिनै क्लार्क । अब क्लार्कले पनि सन्यास
लिने भएपछि एक युगको अन्त्य भएको हो, विश्व क्रिकेटमा । तय छ, अब अस्ट्ेरलियाली क्रिकेटमा
नयाँ युग सुरु हुनेछ र त्यसको नेतृत्व गर्नेछन्, ब्याट्सम्यान स्टिभ स्मिथ । उनी हालै
मात्र अस्ट्ेरलियाली टेस्ट क्रिकेटका कप्तान नियुक्त भएका छन् । स्मिथले क्लार्कको
स्थान लिने छन् । टिममा २८ वर्षीय डेविड वार्नर उप–कप्तान पनि घोषणा गरिएको छ । पछिल्लो
सिजन भारतले अस्ट्ेरलियाको भ्रमण गर्दा टेस्ट सिरिजमा कप्तानी गरेका स्मिथ नयाँ नेतृत्वका
लागि निर्विवाद रोजाइ रहेको क्रिकेट अस्ट्ेरलियाले जनाइसकेको छ । ‘गत साता माइकल
क्लार्कले सन्यासको घोषणा गरेपछि स्टिभले उनको स्थान लिने निर्णय गर्न हामीलाई गाह्रो
भएन,’ अस्ट्ेरलियाली राष्ट्रिय छनोटकर्ता रड मार्सले भने, ‘स्मिथ यस स्थानका लागि उपयुक्त
पनि छन् । स्मिथ भर्खर २६ वर्षका भए र उनका असाधारण क्रिकेट प्रतिभा छ । उनमा असल नेतृत्वको
पनि गुण छ । उनले नेतृत्वको ठूलो चुनौती पाएको भने निश्चित छ ।’ अस्ट्ेरलियाको अबको
टेस्ट सिरिज बंगलादेशविरुद्ध सेप्टेम्बर र अक्टोबरमा रहेको छ ।
Thursday, August 20, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...