
अर्काे वर्ष बंगलादेशमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद्
(आइसिसी) यू–१९ विश्वकपको अन्तिम छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका लागि
प्रोत्साहन रकमको घोषणा गरिएको छ । खेलाडीलाई आइडियल स्कुलका निर्देशक पूर्ण लामाले
व्यक्तिगत रूपमा प्रोत्साहन रकमको घोषणा गरेका हुन् । लामाले नेपाली टोली अर्काे वर्षको
विश्वकपका लागि छनोट हुन सफल भए टोलीलाई एकमुष्ट एक लाख प्रदान गर्ने घोषणा गरेका हुन्
। उनले प्रतियोगितामा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई २० हजार रुपैयाँ दिने घोषण
गरेका छन् । यस्तै, एकै इनिङमा अर्धशतक प्रहार गर्ने खेलाडीलाई पनि १० हजार रुपैयाँ
प्रदान गर्ने लामाले घोषणा गरेका छन् । नेपाली टोली मलेसियामा हुने छनोट प्रतियोगिताका
लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको
मंगलबार नै बिदाइ गर्ने कार्यक्रम तय गरेको छ । नेपाली युवा टोली छनोट प्रतियोगिताको
तयारीस्वरूप १५ दिनको भारत भ्रमण सकाएर स्वदेश फर्किएको छ । बुधबारबाट मलेसियामा सुरु
हुने प्रतियोगितामा नेपालले पपुवा न्युगिनी, युगान्डा, अमेरिका र आयरल्यान्डसँग प्रतिस्पर्धा
गर्नेछ । प्रतियोगिताको विजेता टोली मात्रै विश्वकपका लागि छनोट हुनेछ ।
Tuesday, October 13, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...