ऐजेन्सी – न्युजिल्यान्डका अलराउन्डर कोरे एन्डरसन अस्ट्रेलिया
भ्रमणमा समावेश नहुने भएका छन् । ढाडको समस्या बढेपछि एन्डरसन अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा सहभागी हुन नसक्ने न्युजिल्यान्ड
क्रिकेट बोर्डले जनाएको छ । एन्डरसन खेल्न नसक्ने भएपछि मिचेल सन्टनरले राष्ट्रिय टेस्ट
टोलीबाट पहिलो पटक अवसर पाउने भएका छन् । न्युजिल्यान्डले अर्काे महिनाको सुरुवातबाट
अस्ट्ेरलियाविरुद्ध तीन टेस्ट म्याचको सिरिज खेल्दै छ । एन्डरसन ढाडकै चोटका कारण गत
जुनमा भएको इंग्ल्यान्ड भ्रमणको दौरान पनि बीचैमा घर फर्किएका थिए । त्यसयता एन्डरसनले न्युजिल्यान्ड टोलीको दक्षिण अफ्रिका भ्रमण पनि गुमाएका थिए । उनलाई
न्युजिल्यान्ड भ्रमणबाट राष्ट्रिय टोलीमा फर्कने अनुमान गरिएको थियो । यद्यपि, पूर्ण
फिट नभएका कारण उनले अझै न्युजिल्यान्डकै पुनस्र्थापना केन्द्रमा आराम गर्ने न्युजिल्यान्ड
क्रिकेट बोर्डले जनाएको छ ।
Tuesday, October 13, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...