फाइल तस्बिर
उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा
नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो बिहीबार पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीमाथि
९ विकेटको शानदार जित हात पारेको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर फिल्डिङ रोज्ने
नेपालको निर्णय सही सावित भयो । पहिले व्याटिङ गरेको पपुवा न्यूगिनी २८.२ ओभरमा ४८
रन जोड्दा अलआउट भयो । जवाफमा नेपालले ९.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टयो । नेपालका
लागि सुनिल धमलाले नटआउट २४, योगेन्द्र सिंह कार्कीले नटआउट १६ तथा सन्दीप सुनारले
चार रन बनाए । नेपालका सुनिल धमलाले घातक बलिङ गरे । धमलाले पाँच (सुनिलले १० ओभरमा
एक मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट), आरिफ शेखले चार (आरिफ शेखले ७ रन दिएर ३ विकेट)
तथा सुशील कँडेलले एक (सुशील कँडेले ६ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिएर एक विकेट)
विकेट लिए । ललित राजवंशी र प्रेम तामाङले विकेट नलिएपनि किफायती बलिङ गरे । दुई ओभर
बल फालेका दुबैले समान ७/७ रन दिएका थिए । नेपाली बलरहरु सामू निरिह देखिएको पपुवा
न्यूगिनीका सुरुवाती नौ व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दशौं नम्बरमा व्याटिङ
गर्न आएका न्यू टुवा ११ रनमा अविजित रहे भने ११ औं नम्बरमा व्याटिङ गर्न आएका उसका
लोहिया गुवाले १३ रन बनाए । प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, युगान्डा, अमेरिका
र आयरल्याण्ड सहभागी छन् । छनौट प्रतियोगिताको विजेताले अर्को वर्ष बंगलादेशमा हुने
१९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । नेपालले शुक्रबार युगान्डासँग खेल्नेछ ।
Thursday, October 15, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...