काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले निर्वाचित
भएका छन् । आइतबार भएको संघको साधारणसभाले घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो
। जिल्ला क्रिकेट संघमा घले दोस्रोपटक अध्यक्ष चुनिएका हुन् । साधारण सभाले घलेको नेतृत्वमा
११ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्षमा घलेको मात्रै उम्मेदवारी परे पनि सदस्यमा
१३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये तीनजनाले उम्मेदवारी फिर्ता लिएपछि सदस्यहरू
पनि निर्विरोध निर्वाचित भएका हुन् । सदस्यहरूमा प्रफुल्ल वैद्य, दुर्गानाथ सुवेदी,
सुदीप शर्मा, राजु बस्न्यात, अमितवीर पाण्डे, अजयवीर पाण्डे, राजन घले, महेश्वरी डंगोल,
सचिन तिमल्सेना, विजितध्वज चन्द र दीपेश पौडेल रहेका छन् ।
Tuesday, October 13, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...